२०८१ बैशाख १८ मंगलवार

यस्ता सर्तसहित नेतृत्वमा गगन थापाको नाम फाइनल,काँग्रेसले देखायो उच्च लोकतान्त्रिक संस्कार ।

महामन्त्रीको नेतृत्वमा गगन थापाको नाम फाइनल हुने लगभग पक्का भएको छ । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा कोइराला परिवारभित्र सभापतिमा सहमतिमै एक जनाले उम्मेद्धवार दिनेबारे छलफल भएको छ । शेखर कोइरालाले यसबारे छलफल अघि बढाएका छन् । स्रोतका अनुसार उनले यसपटक आफू सभापतिमा उठ्ने तयारी गरेको भन्दै सघाउनको लागि शशांक र सुजाता कोइरालालाई आग्रह गरेका थिए ।

कतिसम्म भने आफूलाई साथ नदिएपनि अब पछि नहट्ने शेखरको जवाफ थियो । स्रोतकाअनुसार शेखरले यसपटक युवा नेताहरुलाई अघि सारेर टिम बनाईसकेका छन् । उनले आफू सभापतिमा उठ्ने र उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा गगन थापालाई अघि सार्ने तयारी गरेको बुझिएको छ । पछिल्लो समय युवा नेताहरुपनि शेखरसँग निरन्तर सम्वादमा छन् ।

शेखर, शशांक र सुजाताबीचको पछिल्लो छलफलमा सहमतिमै एक जनाले सभापतिमा उम्मेद्धवारी दिने सहमति बनेको स्रोतको दाबी छ । देशभरिका नेता तथा कार्यकर्ताले आफूलाई नेतृत्वमा आउनको लागि दबाब दिएको भन्दै नेतृ सुजाता कोइरालाले पनि यसअघि नै सभापतिमा उठ्ने बताउँदै आएकी छिन् । वर्तमान सभापति शेरबहादुर देउवाले पूनः नेतृत्वमा दोहोरिने घोषणा गरेसँगै विपक्षी गठबन्धन पनि देउवालाई काउन्टर दिनेगरि छलफलमा जुटेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक देउवाविरुद्ध आफ्नो पक्षबाट सहमतिमै एक जनाको मात्रै उम्मेद्धवारी दिने बताएका छन् । पौडेल आँफैपनि नेतृत्वमा आउन ईच्छुक छन् । तर, उनलाई दोस्रो तहका नेताहरुले साथ दिनेरनदिने भन्नेबारे अन्यौल छ ।

सभापतिमा उठ्ने बताउँदै आएका विमलेन्द्र निधिले हिजोमात्रै सभापतिकै आकांक्षीहरु डा। शशांक कोइराला र प्रकाशमान सिंहसँग संयुक्त रुपमा छलफल गरेका थिए । निधिले तीन जना मिलेर अघि बढौं भन्ने प्रस्ताव राखेको बुझिएको छ । निधिको प्रस्तावमा कोइराला र सिंहको पनि सकारात्मक जवाफ रहेको बुझिएको छ । तर, निधिले कोइराला र सिंहसँगको भेटवार्तालगत्तै संस्थापनईतरका युवा नेताहरुसँग छुट्टै छलफल गरेका थिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको कार्यतालिका पास गरेसँगै सभापतिमा उपसभापति विमलेन्द्र निधि लड्ने दावी गरेका छन्। उनले अनलाइन खबरसंग अन्तर्वार्ता दिंदै सभापति शेरबहादुर देउवाविरुद्ध आफू उभिएको दावी गरेका छन्।

‘१४औं महाधिवेशनमा सभापतिमा लड्छु ।’, निधिले भनेका छन्, “म सभापतिमा लड्ने कुरा तय गरिसकें, यसमा ढुक्क हुनुस् । समय छ, उहाँले मलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।”

“कृपा गरी सबैलाई आग्रह गर्दछु, मेरो आँटको कसैले परीक्षण नगरे हुन्छ । आँट भनेको त संस्कार हो र हाम्रो परिवार निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध लडेर आएको परिवार हो ।”, निधिले भनेका छन्।

“मलाई के लाग्छ भने शेरबहादुरजी पार्टी सभापति पनि भइसक्नुभयो । प्रधानमन्त्री पनि भइसक्नुभयो । उहाँले पार्टी र देशलाई दिन सक्ने जे थियो, दिइसक्नुभयो । उहाँको योगदानलाई प्रेरणादायी रुपमै लिनुपर्दछ, प्रशंसा गर्नुपर्दछ । तर आजका दिनमा पार्टी, मतदाता र देशका लागि नयाँ जेनेरेशनले बढी दिनसक्छ, यो बढी प्रभावकारी हुनसक्छ ।” निधिले भनेका छन्।

निधिले भनेका छन्, “म अहिले ६६ वर्षको भएँ । १५ औं महाधिवेशन हुँदा ७० वर्ष कटिसकेको हुन्छु । तपाईंले ‘ट्रयाक रेकर्ड’ हेर्नुभयो भने नेपाली कांग्रेसको प्रतिस्पर्धा त कम्युनिष्टहरुसँग हुन्छ । दुई पार्टीको नेतृत्व दाँज्नुभयो भने कांग्रेसमा हजुरबुबा मात्र होइन, जिजुबुबादेखि नातिपुस्तासम्म सँगसँगै छ । अरु पार्टीमा त्यस्तो छैन । यहाँ पुस्ताको जाम लागेको छ, त्यसैले समाज, पार्टी र देशलाई जुन गति दिनुपर्ने हो त्यसमा असर गरेको छ । त्यसलाई निकास दिन र पार्टीमा नयाँ पुस्ताका लागि मार्ग प्रशस्त गर्न हाम्रो पुस्ताले सोच्नुपर्दछ । त्यसकारण मैले यो महाधिवेशनमा सभापति लड्छु भनेको हुँ ।”

विशेष स्रोतका अनुसार गगन थापा पनि सभापतिमा लड्ने भएका छन्। स्रोतका अनुसार गगन थापालाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि समर्थन गर्ने भएको छ।कृष्णप्रसाद सिटौला समूहले समर्थन गर्ने सक्ने एक नेताले जानकारी दिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहका प्रभावशाली नेता गोपालमान श्रेष्ठले देउवाले काँध फेर्ने बेला आएको बताएका छन्। श्रेष्ठले सभापतिमा आफ्नो उमेदवारी रहने घोषण गरेका छन्। देउवाले सभापतिको उमेदवारका लागि प्रदेशका केन्द्रीय सदस्यहरुसँग गरेको छलफलमा सो समूहका प्रभावशाली नेता श्रेष्ठ भने उपस्थित भएनन् ।

“उहाँले आफ्नो उमेदवारीकै विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो भन्ने मैले थाहा पाइहालेँ,” श्रेष्ठले एक मिडियासंग कुरा गर्दै भने, “उहाँलाई मैले एकवर्ष पहिले नै भेटेर अब पार्टी सभापतिमा मैले उमेदवारी दिने हो । तपाईंले सहयोग गर्नुस् भनेको हुँ । अहिले उहाँले आफू नै सभापति हुनका लागि जसरी बैठक गर्नुभएको छ । त्यो जानेर म नगएको हुँ ।”

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले यसपटक आफू सभापतिमा उठ्ने तयारी गरिसकेकोले अब यसबाट ब्याक नहुने स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो उद्देश्य रहेको सुनाए । उनले आफू १४औं महाधिवेशनमा सभापतिमा उठ्ने बताए । आफूले पार्टी सभापति शेरबहादुर देउवालाई पनि सभापतिमा उठ्ने भनेर भनिसकेको पनि उनले सुनाए । उनले आफूलाई सभापतिमा यसपटक देउवाले सहयोग गर्नेमा विश्वास रहेको पनि सुनाए । उनले भने(“मलाई विश्वास छ, अहिले निर्णय गर्ने समय छ, त्यो बेलासम्म उहाँले मलाई सहयोग गर्नुहुन्छ । देउवा प्रधानमन्त्री पनि भैसक्नुभयो, सभापति पनि भैसक्नुभयो । उहाँ र मबीच कुराकानी भएको छ । १३औं महाधिवेशनमा पनि यो कुरा उहाँलाई भनेको थिएँ ।”

सोमबार दिउँसो निधि, महामन्त्री डा। शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले ‘लञ्च मिटिङ’ गरिसकेका छन् । कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षी निधि, कोइराला र सिंहले भेटवार्ता तीव्र बनाएका छन् ।

सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए ।

२०७८ असार २६, शनिबार प्रकाशित 0 Minutes 393 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार