२०८१ बैशाख २२ शनिबार

हाम्रो पार्टीका लागि कार्यक्रम हल नेपालमा साना हुन थाले, – माधव नेपाल!!

काठमाडौं चैत १० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेशको लहरले देशभरका सभाहल साना हुन थालेको दाबी गरेका छन् ।
पार्टीको पक्षमा देखिएको जनलहरले वैरीहरू अत्तालिन थालेको उनको टिप्पणी छ ।
अखिल नेपाल महिला स‌ंघ (समाजवादी) जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको बृहत् महिला भेला तथा प्रशिक्षण कार्यक्रममा नेता नेपालले हिमालदेखि तराईसम्म नेकपा एसको पक्षमा जनलहर चलेको दाबी गरेका हुन् ।
‘हाम्रा पार्टीको कार्यक्रममा हल सानो हुन थाल्यो, कुर्सीले पुगेन । हिमाल, पहाड, तराई, पूर्व होस् या पश्चिम सबैतिर पार्टी फैलिएको छ,’ नेता नेपालले भने, ‘वैरीहरू आत्तिएर मानसिक सन्तुलन गुमाउन थाले । जब मान्छेको मानसिक सन्तुलन गुम्छ, बर्बराउन थाल्छ, के बोले थाहा हुँदेन । बर्बराउँछ र बेहोसी हुन्छ ।’
नेता नेपालले ६ महिनाको समयभित्र कुनै पार्टीले यत्रो आकार ग्रहण गर्न नसकेको उनको दाबी छ । ‘एमाले दक्षिणपन्थी भासमा भासिएको छ, हामी क्रान्तिकारी अडानमा उभिएका छौं । एमाले व्यक्तिवादमा चुर्लुम्म डुबेको छ, व्यक्तिवादमा डुबेपछि नेताहरू अहंकारमा डुबेका छन्, हामी व्यक्ति पूजामा लाग्दैनौँ । असल विचार, संस्कार र संस्कृतिलाई सम्मान गर्छौं,’ नेता नेपालले भने ।

२०७८ चैत्र ११, शुक्रबार प्रकाशित 0 Minutes 352 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।