२०८१ बैशाख ८ शनिबार

रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाद्वारा “म भित्रको म” नामक आत्मवृतान्त पुस्तक बिमोचन ।

सिड्नी : रुपन्देहि सामाजिक सन्जाल, कला संस्कृति तथा साहित्यिक समन्वय समिति अष्ट्रेलियाको आयोजनमा “म भित्रको म” नामक आत्मवृतान्त पुस्तकको बिमोचन एवं विश्लेषणात्मक छलफल आज एक कार्यकम विच सिड्नि स्थित ARNCLIFFE Community Centre CORNATION And ELIZABETH Hall मा सम्पन्न भयो ।

“म भित्रको म” नामक आत्मवृतान्त पुस्तक लेखक, सामाजिक सेवा परिषदको सल्लाहकार, सामाजिक अभियान्ता अधिकार कर्मि शात्तलाल मुल्मी द्वारा लिखित पुस्तकको विमोचन ।

कार्यक्रममा प्रमुख अतिथि एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङ एनआरएन आइसिसि का संरक्षक एवं सामाजिक अभियान्ता इन्द्रा वन वरिष्ठ समाजसेवि नारायण प्रधान लेखक एवं कार्यक्रमका विशिष्ठ अतिथि शान्तालाल मुल्मि ज्यू बाट संयुक्त रुपमा पुस्तकको विमोचन गरिएको थियो ।

रुपन्देहि सामाजिक संजाल अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेल को अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन महासचिव रन्जिता भण्डारी ले गरेकी थीइन भने आरएसएनका कला संस्कृत्ति एवं साहित्यिक संयोजक सुचना पाण्डे ले उपस्थित सबैमा स्वागत मन्तव्य व्यक्त गरेकी थीइन ।

सो कार्यक्रममा उक्त पुस्तक का लेखक मुल्मी को प्रस्तुति पछि टिप्पणीकार द्वय क्रमश त्रिभुवन बिश्वबिध्यालय किर्तिपुरमा उप-प्राध्यापक नाटक लेखन तथा साहित्यिक समालोचक The University of Sydney मा PhD अध्यता तथा प्राध्यापन जिवनाथ लम्साल, साहित्यकार एवं सर्जक सुरेन्द्र दवाडी ज्यू ले टिप्पणी गर्नु भएको थियो।

सो कार्यक्रममा गैर आवसीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ नेपालि कला, संस्कृत्ति तथा साहित्यिक प्रतिष्ठान का पूर्व अध्यक्ष एवं एनआएएन ओसियानका पूर्व महिला कोडिनेटर जानकि पौडेल अनेसास न्यु साउथ वेल्स राज्य अष्ट्रेलिया का अध्यक्ष ममता तिवारी एवं एन आरएन आइसिसि का संरक्षक इन्द्रा वन लगायत ले पुस्तकको बारेमा आफ्नो धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा साहित्यिकार, गजलकार सर्जक एवं कलाकार र समुदायका बिभिन्न सामाजिक अगुवा एवं पत्रकारहरुको सहभागिता रहेको थियो साथै सो कार्यक्रममा गैरसरकारी संस्था महांसघका नेपालका पूर्व केन्द्रिय सदस्य एवं मानवअधिकारक र्मि केशव प्रसाद रेग्मी, झापाली समाज अष्ट्रेलियाका अध्यक्ष निराजन प्रसाई, आरएसएनका सल्लाहकार द्वय डा. प्रकाश पौडेल, चुन्ना क्षेत्रि, महिला अधिकार कर्मि शान्ति मान्नधर, एभरेष्ट टि.भि. इडिटर प्रमुख एवं CEO विजन्नेस विज् का निर्देशक तिर्थ खतिवडा, एभरेष्ट कमियुनिकेशन का प्रमुख एवं समाजसेवि युवराज भट्टराई, इन्जिनिएर सुरेन्द्र धिताल लगायतको सहभागिता रहेको थियो ।

साथै कार्यक्रममा उपस्थिति सबैमा आफ्नो कला र गला को मार्फत आएसएनए का कला संस्कृति एवं साहित्यिक समन्वय समितिका उप संयोजक प्रदिप खनाल र कलाकार बिन्दु पौडेल ले मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रदान गराएका थिए ।

कार्यक्रम सफल पार्न श्रुर्ति मुल्मी, सचिन ,एभरेष्ट तन्दुरीका प्रोपराइट लक्ष्मी सापकोटा, रवि कडेल, युवराज भट्टराई, दिल खड्का, विशाल भण्डारी, ज्योति खड्का लगायतका व्यक्तित्वहरुले कार्यक्रम सम्पन्न गर्न सहयोग पुऱ्याउनु भएको थियो ।

यो पुस्तक उहाँले हाल सम्म गर्नुभएको आफ्नो जिवनको ७८ औं वर्षको अनुभव यात्रामा अनुभुत गरेका दुख, सिकाई तथा योगदानको दस्ताबेजको रुपमा पाठक समक्ष प्रस्तुत गरिएको संस्थाका अध्यक्ष पोख्रेलले बिश्वपाटिलाई बताए ।

प्रमुख अतिथि नन्दु गुरुङले आफ्नो मन्तव्य राख्दै रुपन्देहि सामाजिक संजाल ले स्थापना देखि नै समुदायमा महत्वपूर्ण काम गर्दै आएको र कला संस्कृति र साहित्यलाई पनि जगेर्ना गर्न कार्य गरेकोमा खुशि व्यक्त गर्दै एनआएनए पनि RSNA सँग सहकार्य गरेर अगि बढ्ने धारणा व्यक्त गर्दै “म भित्रको म” पुस्तकको कार्यको प्रशंशा गर्नु भएको थियो ।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार