२०८१ बैशाख ११ मंगलवार

अष्ट्रेलियामा पुष २७ गते अन्तराष्ट्रिय नेपाली दिवश मनाईने ।

अष्ट्रेलियाभर अन्तर्राष्ट्रिय नेपाली दिवश मनाईने

आधुनिक नेपालका एकीकरण कर्ता श्रीबडा महाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा अष्ट्रेलियामा नेपालीहरूले पृथ्वी जयन्ति एवम्अन्तर्राष्ट्रिय नेपाली दिवशमनाउने भएका छन्हरेक वर्ष अष्ट्रेलियाका नेपालीले पुष २७ लाई नेपाली दिवशको रुपमा मनाउने गर्दछन्पृथ्वनारायण शाहको एकीकरण अभियानकै कारण विश्वमा नेपाली पहिचान बनेको विश्वमा नेपाली भनेर चिनिन पाएको कारण पृथ्वी जयन्तिको दिनलाई‘ अन्तर्राष्ट्रिय नेपाली दिवस को रूपमा मनाउने गरेको राष्ट्रिय समारोह आयोजक कमिटीका मदनमणि अधिकारीले बताए 

अष्ट्रेलियामा पृथ्वी जयन्तिअन्तर्राष्ट्रिय नेपाली दिवश’ का रूपमा भव्यव्यापक रूपमा मनाउन थालेको धेरै वर्ष भईसकेको छ। अष्ट्रेलियाका नेपाली सामाजिक अभियन्ता डिला खरेल सन् २०१० देखी नै अष्ट्रेलियामा नेपाली समुदायले पुष २७ लाई पृथ्वी जयन्ति तथा नेपाली दिवशको रूपमा मनाउँदै आएको बताउँछन्नेपाली हुनुको आत्मबोधआगामी पुस्तालाई नेपाली राष्ट्रियता सँग साक्षात्कार गराउने महान दिनको रूपमा यसलाई लिन सकिनेपर्ने उनको ठम्याई रहेको छ।

पृथ्वी जयन्तिअन्तर्राष्ट्रिय नेपाली दिवस’ का आयोजक कमिटीका सदस्य युवा अभियन्ता दीपक पौडेलले पृथ्वीनारायण शाहको सम्बन्धमा गलत कथा बुन्नेस्थापित गर्नका लागी तथाकथित बुद्धि जिवीहरू नै लागेको देखिनु घृणित कार्य रहेको बताउँछन्नेपाल एकीकरणनेपाली राष्ट्रियताको मियोका रूपमा पृथ्वीनारायण शाहलाई लिनुपर्नेउनको एकता अभियाको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्नेअवसरका रूपमा संसारभर छरिएका नेपालीले लिनुपर्ने उनको भनाई छ। अन्तर्राष्ट्रिय नेपाली दिवस’ को स्वरूपमा पृथ्वीजयन्तीलायस वर्ष पनि गौरव, श्रद्धा र नेपाली एकताको सन्देश दिने दिनरहेको आयोजकको भनाई छ।

बुधबार नेपाली भएकोमा गर्व गर्ने अष्ट्रेलियामा बस्ने नेपालीहरूले विभिन्न कार्यक्रमका साथ पृथ्वीनारायण शाहको सम्झना गर्ने कार्यक्रम तय भएको छ। अष्ट्रेलियाको सिड्नीमा विशेष कार्यक्रम नेपालीहरूको घना बसोबास भएको अबर्नमा हुन लागेको छ। क्यानबेरा, मेलबर्न, एडिलेड, पर्थ, तासमानियाडार्बिनमा पनि पृथ्वी जयन्तिको उपलक्षमा कार्यक्रम आयोजना हुने छ। सबै राज्यहरूमा कार्यक्रमको खाका बनेको आयोजकहरूले जानकारी दिएका छन्।  

सिड्नीको कार्यक्रम:

सिड्नीमा आयोजना हुने कार्यक्रम ओबन पार्कमा हुनलागेको छ। विहान ११ बजे देखी दिनभर नै ओबनमा विभिन्न प्रस्तुतीमाल्यार्पणको कार्यक्रम हुनेछ

कार्यक्रमको विवरण:

स्थान: Auburn Park, Hutchinson Street, Auburn NSW

मिती:  पौष २७, २०७, सोमवार 11 January,2023

समय: बिहान ११ बजे देखीबजे सम्म (सिड्नीकोसमय अनुसार)

https://www.facebook.com/events/521185842918920/?ti=ls

क्यानबेराको कार्यक्रम: https://www.facebook.com/events/549596440388202/?ti=ls

 

२०७९ पुष २६, मंगलवार प्रकाशित 1 Minute 617 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार