२०८१ बैशाख ४ मंगलवार

ऋण तिर्न नसकेको भन्दै फेरि अर्का व्यवसायीले गरे आत्महत्या

मोरङ । विराटनगरमा फेरी एक व्यवसायीले व्यवसाय संचालन गर्दाको ऋण तिर्न नसकेपछि आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा मोरङको विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपाने रहेका छन् । उनले बुधबार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

करिब तीन दशकयता ५७ वर्षीय न्यौपानेले शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए । बुधबार उनलाई आफन्तले बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् । व्यवसाय गर्दा लागेको ऋणका कारण आत्महत्या गरेको सुसाइड नोटमा उल्लेख छ । बुबा–आमा, श्रीमती र आफन्तलाई सम्बोधन गरेर लेखिएको सुसाइट नोटमा आफू बाच्न लायक नभएको उल्लेख गरेका छन् ।

सुसाइट नोटमा उनले आफूले राखेको पैसा र ऋणको विवरण उल्लेख गरेका छन् । उनले आत्महत्याको निर्णयअघि एक सुसाइट नोट पनि लेखेका छन् । विराटनगरकै शनी रोडमा शिखर इलेक्ट्रिक पसलका सञ्चालक उनी मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत हुन् । उनले आत्महत्या अघि लेखेको सुसाइट नोटमा मुख्यत बैंक र सहकारीको ऋणको अर्थिक भार तिर्न नसकेको उल्लेख गरेका छन् ।

न्यौपानेले व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएको खुलेको छ । उक्त ऋणको बैंक किस्ता ५ लाख गरी १ करोड ५० लाख, अर्को एक सहकारीमा १० लाख ऋण रहेको उल्लेख छ । उक्त शिखर शिखर इलेक्ट्रिक पशल बुबाको नाममा रहेकाले बुबाको नाममा रहेको मुद्धति खातामा रहेको रकम निकालेर अन्तै सार्न सुझाव पनि उक्त नोटमा दिइएको छ ।

बैंकले मुद्धतिको रकम रोक्का गर्ने आशंकाले उक्त सुझाव दिएको अनुमान गर्न सकिन्छ । मंगलबार इलामका प्रेमप्रसाद आचार्यले राज्यले सहयोग नगरेको भन्दै काठमाडौंँमा आत्मदाह गरेका थिए । उनको उपचारका क्रममा आज विहान निधन भएको थियो । संसद भवन नयाँ वानेश्वर अगाडि आँफैमाथि आगो लागएका प्रेमको बुधबार नै उपचारको क्रममा निधन भएको थियो ।

 

२०७९ माघ १२, बिहीबार प्रकाशित 1 Minute 535 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार