२०८१ बैशाख १४ शुक्रबार

एक बर्षमा ७ हजार नेपालीलाई अमेरिकाले दियो भिजिट भिसा, कसरी पाइन्छ अमेरिकी भिजिट भिसा?

काठमाडौं ।

एक बर्षमा ७ हजार नेपालीलाई अमेरिकाले दियो भिजिट भिसा, कसरी पाइन्छ अमेरिकी भिजिट भिसा?

अमेरिकाले आर्थिक बर्ष २०२१ को १२ महिनामा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको खुलासा भएको छ। अर्थात् झण्डै ८१ प्रतिशत आवेदकले भिसा पाएका छन्।

आर्थिक बर्ष २०२१ मा झण्डै १५ सय नेपालीका भिजिटर भिसाका आवेदनहरुमात्र अमेरिकाले अस्वीकार गरेको छ। यो बर्ष झण्डै ९ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए।

जसमध्ये विना अन्तरवार्ता भिसा नवीकरणको आवेदन दिनेहरु उल्लेख्य थिए। २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको हो।

त्यस अगाडि आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको थियो। यद्यपि सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर त्यस अगाडिका ३ बर्षको तुलनामा सबैभन्दा उच्च थियो।

आर्थिक बर्ष २०२० को तुलनामा २०२१ मा भिसा पाउने प्रतिशत दर बढे पनि संख्या भने घटेको छ। २०२० मा ७ हजार ७ सय ५१नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको छ।

आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए। त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ।

नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो। आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशतमात्र थियो।

आर्थिक बर्ष २०१८ मा भने नेपालीहरुको भिजिटर भिसा अस्वीकृत दर सन् २०१२ पछिकै सबैभन्दा धेरै रहेको थियो। सन् २०११ मा भने त्योभन्दा पनि धेरै कुल आवेदकमध्ये ५९ दशमलव ९ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको थियो। सन् २००६ देखि सन् २०११ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुभन्दा नपाउनेहरुकै प्रतिशतदर उच्च थियो।

तर सन् २०१२ देखि २०१७ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुको प्रतिशत नपाउनेहरुको तुलनामा बढी थियो। सन् २०१४ मा त कुल भिजिटर भिसाका नेपाली आवेदकहरुमध्ये ६१ दशमलव ८ प्रतिशतले भिसा पाएका थिए। कुल आवेदकमध्ये जम्मा ३८ दशमलव २ प्रतिशत नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृत भएको थियो।

समाचारमा उल्लेख भएको संख्या र प्रतिशत अमेरिकी दूतावास काठमाडौंको मात्र होइन, नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएका विश्वका कुनै पनि देशमा रहेका अमेरिकी दूतावास वा कन्सुलेटको हो।

२०७९ चैत्र १९, आईतवार प्रकाशित 0 Minutes 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार