२०८१ बैशाख ७ शुक्रबार

रुपन्देही सामाजिक सञ्जालको नयाँ वर्षमा विविध कार्यक्रम गर्दे सम्पन्न ।

रुपन्देही सामाजिक सञ्जालको नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सिड्नी, अष्ट्रेलिया ।

रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सञ्जालले अप्रिल १५ तारिख शनिवार सिड्नीको टेम्पे रिक्रियशनल रिजर्भमा नयाँ वर्ष शुभकामना आदान प्रदान सहित बिबिक्यू कार्यक्रम र बाल मनोरञ्जनात्मक सहित अन्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली नयाँ वर्षलाई विदेशमा पनि सम्झिएर आपसी दुख सुख साटासाट गर्ने तथा जमघट गरेर रमाईलो गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नयाँ वर्षको शुभकामना साटासाट सहित खानपिन र अन्य विभिन्न रमाईलो कार्यक्रम तथा बच्चाहरुको रमाईलो मेला, गीत सगींत नृत्य सहित अन्य विभिन्न मनारेञ्जनात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन अस्ट्रेलियाका संस्थापक अध्यक्ष मना केसी, वर्तमान उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङ, सामाजिक अगुवा ईन्द्रा वन, फेन्काका महासचिव डा.मधु पुडासैनी, सञ्जालका संस्थापक राज खनाल, गुल्मी समाजका अध्यक्ष कमला बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार टिका प्रसाई , संजिव पराजुलि तथा वाल गायन र नृत्यतर्फ श्रय पौडेल, आयुषि पोखरेल र आरोहि पोखरेलले आफ्नो प्रस्तुती राखेका थिए ।
संजालका अध्यक्ष मुक्तिराम पोखरेलले कार्यक्रम सम्पन्न गर्न का निम्ति विभिन्न क्षेत्रबाट अतुलनीय सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको संयोजन प्रदिप खनालले गरेका थिए भने सञ्चालन सञ्जालका महासचिव रन्जिता भण्डारी र साँस्कृतिक सयोंजक सुचना पाण्डेले गरिन ।

कार्यक्रममा विभिन्न समुदायका अगुवा, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि , रुपन्देहीबाट आएका नेपाली समुदाय, पत्रकार लगायत झण्डै २०० भन्दा वढिको सहभागिता रहेको थियो । संजालले बिगतका वर्षहरूमा
समेत यस कार्यक्रमको आयोजना गर्दे आएको थियो ।

२०१५ मा स्थापना भएको सञ्जालले हाल सम्म कोभिड महामारी प्रभावितलाई राहत वितरण, यौन हिंसामा परेका बालबालिकाहरुलाई सहयोग, क्यान्सर पीडितलाई सहयोग, भूकम्प पीडितलाई एनआरएनए मार्फत सहयोग, अनाथ आश्रममा रहेका फरक क्षमता तथा सिमान्त अनाथ तथा अपाङ वालवालिका लाई शैक्षिक सामाग्री न्यानो कपडा वितरण मानविय तथा परोपकारी कार्यका लागि रक्तदान कार्यक्रम, अस्पताल तथा स्वास्थ्य सामाग्री वितरण, उत्प्रेरणामुलक जिवन उपयोगि ज्ञान मुलक सत्सङ्ग अभिमुखिकरण, साहित्यिक तथा सांस्कृत्तिक संरक्षणका लागि साहित्यिक साक्षरता कार्यक्रम , महिलाहरुको तिज कार्यक्रम, नेपालि तथा अंग्रेजि नयाँ वर्षमा चेतनामूलक तथा सांस्कृतिक संरक्षणमा टेवा पुग्ने जस्ता कार्यक्रमहरु, अक्षयकोष मार्फत असाहाय वालवालिका लाई शैक्षिक अध्ययनमा सहयोग जस्ता कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । आगामि दिन हरूमा स्वदेश तथा विदेशमा विभिन्न सरोकारवाला सँग यसप्रकारका सहयोगात्मक सामाजिक कामहरुलाई अझै बढी सक्रिय बनाउने समेत अध्यक्ष पोखरेलले जानकारी दिए ।

२०८० बैशाख ५, मंगलवार प्रकाशित 0 Minutes 409 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार