२०८१ बैशाख ८ शनिबार

श्रीमतीलाई अस्ट्रेलिया छाडेर घरमा भेट गर्न आएका तपेन्द्रको दुर्घटनामा मृत्यु

श्रीमतीलाई अस्ट्रेलिया छाडेर घरमा भेट गर्न आएका तपेन्द्रको दुर्घटनामा मृत्यु ।

 

सिडनी, अष्ट्रेलिया ।

 

उच्च शिक्षाका लागि पाँच वर्षअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१० का तपेन्द्र बडुवाल अस्ट्रेलिया हानिए । सञ्चारकर्मी राधिका बोहरासँग बिहे गरेर अष्ट्रेलिया गएका २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर फर्किएका थिए ।

उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने वाचा गरेका तपेन्द्र अब अस्ट्रेलिया फर्कन सक्ने छैनन् । श्रीमतीसँग गरेको त्यो वाचा अब कहिल्यै पूरा हुने छैन । यतिबेला श्रीमानको बाटो कुरेर बसेकी राधिकाका आँसु थामिएका छैनन् ।

नेपालमा श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि राधिकासँगै बडुवाल परिवार शोकमा डुबेको छ । आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित वनदेवी मन्दिर नजिकको जङ्गलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो ।

बडुवालले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा उनी शक्त घाइते भएका थिए । उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धननगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षिया गरिमा महता घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको छ । ट्याक्टर र चालक कृष्णपुर–८ का ४२ वर्षीय वीरसिंह महरालाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

२०८० बैशाख २०, बुधबार प्रकाशित 1 Minute 403 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार