२०८३ असार १४ आईतवार

गण्डकीमा नवनियुक्त चार मन्त्रीले रिए सपथ , मनाङ्गे आउट !

गण्डकीमा नवनियुक्त चार मन्त्रीले रिए सपथ , मनाङ्गे आउट
पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त चार जना मन्त्रीको शपथसँगै गठबन्धनका दलबीच मन्त्रालयको भागवण्डा टुंगो लागेको छ ।

कांग्रेसका चार र माओवादीका दुई मन्त्रीको जिम्मेवारी शुक्रबार नवनियुक्त चार मन्त्रीको शपथपछि नै तोकिएको हो ।

कांग्रेसका जितप्रकाश आलेले आर्थिक मामिला मन्त्रालय, दीपेन्द्रबहादुर थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सरस्वती अर्याल तिवारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, महेन्द्रध्वज जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालय, माओवादीका रेशमबहादुर जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सुशीला सिम्खडाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका छन् ।

गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री बनेका थिए । दुई हप्तापछि मन्त्रिमण्डललाई पूर्णता दिएर पाण्डेले मन्त्रालयको जिम्मेवारी तोकेका हुन् । आज चार जना मन्त्रीले शपथ लिएका छन् । कांग्रेसका महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा, जितप्रकाश आले र माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले प्रदेश प्रमुख पृथ्वीमान गुरूङसमक्ष शपथ लिएका हुन् ।

२०८० बैशाख २९, शुक्रबार प्रकाशित 0 Minutes 377 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।