२०८१ बैशाख २२ शनिबार

ओएनएफ तास्मानियाद्वारा हाईक फर मेण्टल हेल्थ सम्पन्न ।

सिडनी, अष्ट्रेलिया । ओएनएफ तास्मानियाद्वारा “हाईक फर मेण्टल हेल्थ” कार्यक्रम सम्पन्न ।

प्रवासी नेपाली मञ्च, अष्ट्रेलियाको तास्मानिया राज्य कमिटीद्वारा मानसिक स्वास्थ्य सम्बन्धी बिशेष कार्यक्रम अनुरूप हाईकिंग सम्पन्न गरेको छ ।

“हाईक फर मेण्टल हेल्थ” नाम गरीएको उक्त कार्यक्रम द स्प्रींग देखी माउण्ट वेलिंगटन सम्मको करीब दुई घण्टाको पदयात्रा पश्चात समापन कार्यक्रम गरी सम्पन्न भएको थियो ।

कार्यक्रममा १५ जना पदयात्रीको सहभागिता रहेको थियो । पदयात्राको क्रममा भीषण वर्षात, हावाहुरी साथै बाक्लो हिऊँ समेत परेको बताईएको छ । कार्यक्रमलाई तास्मानियामा लामो समय देखी घर, गाड़ी किन्ने लगायत बिभिन्न ऋण लिन सहयोग गर्ने क्युब मोर्गेज सर्भीसेसले प्रायोजन गरेको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलिया, तास्मानिया राज्य कमिटीका इंचार्ज सुजन लामिछाने, प्रवासी नेपाली युवा मञ्च अष्ट्रेलियाका महासचिव अनिल खड़का, नेपाल देखी आउनुभएका अभिभावक, युवाहरू लगायतको उपस्थिति रहेको थियो । प्रवासी नेपाली मञ्च तास्मानिया राज्य कमिटीका सदस्य ईश्वरी पौडेल “आकाश” को संयोजकत्वमा पदयात्रा कार्यक्रम सम्पन्न भएको थियो ।

तास्मानिया राज्य कमिटीले बिगतमा समेत नेपाली समुदायको निम्ति बिभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

मानसिक स्वास्थ्य महत्वपूर्ण कुरा रहेको र बिशेष गरी प्रवास जीवनमा व्यस्त समय पढ़ाई, काम, परिवार लगायतको अनेक समस्याका बाबजुद आफुलाई मानसिक रूपमा बलियो बनाऊनका निमित्त आग्रह समेत गरेका छन संगै आगामी दिनमा समेत नेपाली समुदायको हित र आवश्यकता अनुसार कार्यक्रमहरू मार्फत जोड़िने कुरा कमिटीका अध्यक्ष मुगेन गौतमले बिश्वपाटीलाई बताए ।

२०८० आश्विन २९, सोमबार प्रकाशित 0 Minutes 487 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।