२०८३ जेष्ठ २५ सोमबार

सिड्नीमा भानु जयन्ती २०२५: नेपाली भाषा, साहित्य र संस्कृतिको एक भव्य संगम

सिड्नीमा भव्य रूपमा हुँदैछ १२१औं भानु जयन्ती समारोह, कविता प्रतियोगिता, नृत्य, सांस्कृतिक प्रस्तुति सहितको विशेष कार्यक्रम

नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान सिड्नी (NKSSP) को आयोजनामा १२१औं भानु जयन्ती विशेष र थोरै फरक शैलीमा मनाइँदैछ। नेपाली भाषा, साहित्य र संस्कृति प्रतिको सम्मानस्वरूप आयोजित यो कार्यक्रम जुन २१, शनिबार, २ बजे देखि ७ बजेसम्म सिड्नीको Auburn Community Center, 44A Macquarie Road, Auburn मा आयोजना हुनेछ।

कार्यक्रममा कविता प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, नृत्य कार्यक्रम, साथै NKSSP Dance Group द्वारा विशेष प्रस्तुति हुनेछ।

🔸 कविता आव्हान:
नेपालमा बोलिने विभिन्न भाषामा सृजनात्मक र मौलिक कविता पठाउन आयोजकद्वारा खुला आव्हान गरिएको छ। नेपाली भाषा र साहित्यमा रुचि राख्ने सम्पूर्णलाई सक्रिय सहभागिताको आग्रह गरिएको छ।

🔸 प्रथम, द्वितीय र तृतीय पुरस्कार:
1st Prize – $500
2nd Prize – $300
3rd Prize – $200

कार्यक्रममा लाइट स्न्याक्स पनि प्रदान गरिनेछ।
प्रवेश निःशुल्क रहेको छ।

📞 थप जानकारीका लागि सम्पर्क:
• Kalyani Bartaula: 0451 428 567
• Rekha Bhatta: 0414 936 375
🌐 Website: www.nepalikala.org
📧 Email: info@nepalikala.org.au

कार्यक्रमलाई साथ दिने गोल्ड स्पोन्सरहरू:
• Everest Communications
• RFM Asset Management
• Railway Terrace Medical Practice
• Active Mortgage & Finance
• Multi Dynamic Auburn
• Expert Education & Visa
• Moonlight Migration
• Success Education
• Kingsford
• Tilicho
• ChuloMomo
• Land & Lease Realty
• Pacific College
• Extractech
• Victorian Institute of Education
• Accounting & Business Services
• Right & Associates
• Study Guru Australia
• Domino’s
• Red Eight

मिडिया पार्टनरहरू:
Nepali Times, OS Nepal, SBS Nepali, Nepali Link, Radio Janasanchar, ABC Nepal, Kalinchowk TV, London Nepali News, Setopati Australia


📢 नेपाली समुदायका लागि गर्वको अवसर
नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्झनामा आयोजना हुने यो कार्यक्रमले अष्ट्रेलियामा रहेका नेपालीहरूलाई एकआपसमा सांस्कृतिक रूपमा बाँध्नेछ।

🎉 बिश्वपाटी समाचार तर्फबाट सम्पूर्ण आयोजक, सहभागी तथा समर्थकलाई सफल कार्यक्रमको शुभकामना।

२०८२ जेष्ठ २१, बुधबार प्रकाशित 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।