२०८३ असार ११ बिहीबार

अवानीको उम्मेदवारी: एनआरएनए निर्वाचनमा नयाँ पुस्ताको आवाज

पौडेलको उम्मेदवारी: एनआरएनए एनएसडब्लु निर्वाचनमा नयाँ पुस्ताको आवाज ।

सिड्नी, अष्ट्रेलिया – आगामी गैर–आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन (२०२५–२७) का लागि युवा, उर्जाशील तथा समर्पित नेतृत्वको रुपमा अवनी पौडेलले एनसीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

TEAM EKATA को तर्फबाट उम्मेदवार बनेकी पौडेलले आफूलाई “एक परिवर्तनशील नेतृत्वका लागि प्रतिबद्ध युवा” को रुपमा प्रस्तुत गरेकी छन्। उनी वर्तमान नेपाली आप्रवासी समुदायभित्रको एक सशक्त महिला नेतृत्वको उदाहरण पनि हुन्।

शिक्षादेखि व्यवसायसम्मको यात्रा

सन् २०१९ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया पुगेकी पौडेलको यात्रा सामान्य थिएन। सीमित स्रोतसाधनबाट सुरु भएको उनको संघर्षशील जीवनले अहिले शिक्षा परामर्श, वृद्ध सेवा, व्यवसायिक व्यवस्थापन हुँदै रियल स्टेट क्षेत्रमा पनि महत्वपूर्ण उपस्थिति जनाइसकेको छ।

“हर चुनौतीबाट मैले आत्मबल, नेतृत्व र समुदायप्रतिको उत्तरदायित्व सिकें,” अवनीले बताइन्, “अब म ती अनुभवहरू समाज र युवाहरूको हकमा उपयोग गर्न चाहन्छु।”

उम्मेदवारीको उद्देश्य

उनी युवाको आवाज बन्न, नयाँ आप्रवासीहरूको पक्षमा बोल्न, र नेपाली–अष्ट्रेलियाली समुदायलाई अझ सशक्त, एकीकृत र प्रतिनिधिमूलक बनाउने लक्ष्यसहित अघि बढेकी छन्।

“युवा नेतृत्व, अवसर, र सेवा — यिनै तीन आधारमा म चुनावी मैदानमा उत्रिएकी हुँ,” अवनीले स्पष्ट पारिन्।
किन TEAM EKATA?

TEAM EKATA लाई उनले “एकता, कार्य र सत्यनिष्ठाको साझा आधार” भएको बताउँदै भनिन् –
“हामी बोल्दैनौं मात्र, हामी सुनिन्छौं, काम गर्छौं, र एक अर्कालाई उठाउँछौं। TEAM EKATA ले युवाको नेतृत्व, महिलाको आवाज र समुदायप्रतिको निष्ठालाई प्रतिनिधित्व गर्छ।”

समुदायप्रतिको सन्देश

अवनी पौडेलले सबै नेपाली समुदायलाई आग्रह गरेकी छन् —

“यदि तपाईंले युवा नेतृत्व, ठोस कार्य र साँचो एकतामा विश्वास गर्नुहुन्छ भने, म तपाईंको विश्वास र मतको लागि विनम्र अनुरोध गर्दछु।”

उनले यस अघिको निर्वाचनमा धेरै मत ल्याउने उम्मेदवार बनेर बिजयी हासिल गरेकी थीइन । यो पाली समेत त्यो योजनामा लागेकी छीन ।

🗳️ निर्वाचन मिति: २६ जुलाई २०२५

२०८२ असार १३, शुक्रबार प्रकाशित 1 Minute 613 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।