२०८३ जेष्ठ २५ सोमबार

बिष्णु तिवारीद्वारा NRNA ICC सदस्य पदमा उम्मेदवारी घोषणा, प्रवासी नेपालीको हकहितमा प्रतिबद्धता

बिष्णु तिवारीद्वारा NRNA ICC सदस्य पदमा उम्मेदवारी घोषणा, प्रवासी नेपालीको हकहितमा प्रतिबद्धता

अष्ट्रेलिया – आगामी कार्यकाल (२०२५–२७) का लागि अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा बिष्णु तिवारीले अष्ट्रेलियाबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

विगतमा NRNA अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्यको रूपमा जिम्मेवारी वहन गरिसकेका तिवारीले आफूलाई समुदायसँग नजिक र जिम्मेवार नेतृत्वका रुपमा प्रस्तुत गर्दै यो पदका लागि तयार रहेको जनाएका छन्।

उनले उम्मेदवारी घोषणासँगै आगामी कार्यकालमा आफूले प्राथमिकता दिने मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्:

प्रवासी नेपालीहरूको हकहित र सुरक्षाका लागि नीति निर्माण तहमा बलियो पैरवी गर्ने

युवा पुस्तालाई NRNA मा सक्रिय सहभागी बनाउँदै नेतृत्वको अवसर सुनिश्चित गर्ने

अष्ट्रेलियामा रहेका नेपाली व्यवसाय, शिक्षा र सामाजिक क्षेत्रको सहजताका लागि काम गर्ने

पारदर्शिता, जवाफदेहिता र समावेशी प्रतिनिधित्वलाई संस्थाको मूल आधार बनाउने

दशौं विश्व सम्मेलनका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा योगदान दिने

NRNA ID को उपयोगिता विस्तार गर्दै डिजिटल माध्यममार्फत सदस्यता अभियानलाई सशक्त बनाउने

तिवारीले NRNA लाई सम्पूर्ण नेपालीको साझा मञ्च बनाउने दिशामा दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन्। साथै, उनले आउँदो जुलाई २६ मा हुने NRNA ICC निर्वाचनमा आफूलाई मतदान गरी विजयी बनाउन सम्पूर्ण मतदाताहरूसँग हार्दिक अपिल गरेका छन्।

उनको उम्मेदवारीले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा उत्साह र नयाँ आशा जगाएको देखिएको छ।

२०८२ असार २३, सोमबार प्रकाशित 1 Minute 673 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।