२०८३ जेष्ठ ४ सोमबार

भण्डारीद्वारा NRNA South Australia को सह-सचिव पदमा उम्मेदवारी घोषणा

कृष्णप्रसाद भण्डारीद्वारा NRNA South Australia को सह-सचिव पदमा उम्मेदवारी घोषणा

दक्षिण अष्ट्रेलिया, जुलाई १७ — बहुआयामिक प्रतिभाका धनी, सामाजिक अभियन्ता, प्रेरणादायी वक्ता, साहित्यकार तथा गायक कृष्णप्रसाद भण्डारीले गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि सह-सचिव (Joint Secretary) पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेका छन्।

उहाँले दक्षिण अष्ट्रेलियामा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक अभिवादन व्यक्त गर्दै, आफ्नो उम्मेदवारीमार्फत नेपाली समुदायमा अझ सक्रिय, सकारात्मक र एकतामूलक भूमिका निर्वाह गर्ने अठोट व्यक्त गर्नुभएको छ।

भण्डारी,

“NRNA विदेशमा रहेका नेपालीहरूको साझा संस्था हो, जसले हाम्रा भावनालाई जोड्ने पुलको काम गर्दै आएको छ। जब हामी विदेशमा हुन्छौं, तब हाम्रो दुखसुखमा साथ दिने हात नेपाली नै हुन्छ। त्यही सहयोग र सद्भावको भावनालाई अझ सशक्त बनाउन मैले यो उम्मेदवारी दिएको हुँ।”
समाजसेवा र सिर्जनात्मकताको समर्पित अनुहार
कृष्णप्रसाद भण्डारी लामो समयदेखि साहित्य, संगीत, सार्वजनिक बोलकला र सामाजिक सेवामार्फत नेपाली समुदायमा सकारात्मक ऊर्जा प्रवाह गरिरहनुभएको छ। उहाँको प्रेरणादायी वक्तृत्वशैली, गम्भीर साहित्यिक सोच, सांगीतिक प्रस्तुति, र समुदायप्रतिको समर्पणले उहाँलाई दक्षिण अष्ट्रेलियाको नेपाली समाजमा विशेष सम्मानित स्थान दिलाएको छ।
थप आग्रह,

“सह-सचिवको जिम्मेवारी केवल पद होइन, यो समुदायप्रतिको सेवा हो। तपाईंहरूको अमूल्य समर्थन र विश्वासले मलाई यो यात्रामा अगाडि बढ्ने ऊर्जा दिनेछ। म सधैं तपाईंहरूको अपेक्षाको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
समुदायमा एकताको सन्देश
भण्डारीले उम्मेदवारीमार्फत नेपाली समुदायभित्र सहयोग, समन्वय र एकताको भावना बलियो बनाउने लक्ष्य लिएका छन्। उहाँले “व्यक्तिगत प्रयासभन्दा सामूहिक सहभागिता सदैव प्रभावकारी हुन्छ” भन्ने सिद्धान्तमा विश्वास राख्दै सम्पूर्ण दक्षिण अष्ट्रेलियावासी नेपालीहरूको सहयोगको अपेक्षा राखेका छन्।

कृष्णप्रसाद भण्डारी
उम्मेदवार – सह-सचिव
NRNA South Australia (2025–2027)

“सशक्त नेतृत्व, समर्पित सेवा र साझा पहिचानको लागि – तपाईंको साथ, मेरो प्रतिबद्धता।”

२०८२ श्रावण १, बिहीबार प्रकाशित 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।