२०८३ जेष्ठ ४ सोमबार

बदलावको आवाज होइन, कर्मको उदाहरण: NRNA ICC उम्मेदवार कार्की

एनआरएनए अष्ट्रेलियाको ICC सदस्य पदमा महेन्द्र कार्कीको उम्मेदवारी घोषणा — TEAM EKATA मार्फत सामाजिक रूपान्तरण र एकताको अभियान

मेलबर्न, अष्ट्रेलिया – जुलाई १७, २०२५

गैर आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको आगामी कार्यकाल २०२५–२०२७ का लागि हुने निर्वाचनमा TEAM EKATA को तर्फबाट महेन्द्र कार्कीले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदको लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

बिगत तीन दशकभन्दा बढी समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका कार्की नेपाली समुदायमा सामाजिक उत्तरदायित्व, समावेशी नेतृत्व, र संस्थागत सुदृढीकरणका लागि निरन्तर क्रियाशील रहँदै आएका एक परिचित अनुहार हुन्। प्रत्यक्ष तथा परोक्ष रूपमा उनले नेपाली समुदायका लागि शिक्षा, समावेशीता, आपसी सहयोग, र नेतृत्व विकासजस्ता क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।

“संस्थागत रूपान्तरण: सामाजिक एकता, सबैको एनआरएनए हाम्रो प्रतिबद्धता”
TEAM EKATA ले अघि सारेको मूल नारालाई आत्मसात गर्दै महेन्द्र कार्कीले सामाजिक समावेशीता, पारदर्शी संस्था निर्माण, र NRNA को नीति-निर्माण प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्ने अठोट सार्वजनिक गरेका छन्।

उम्मेदवारी घोषणासँगै उनले अष्ट्रेलियामा बसोबास गरिरहेका सबै नेपाली अग्रज, दौंतरी, दाजुभाइ तथा दिदीबहिनीहरूसँग स्नेह, समर्थन र सद्भावका साथ आगामी जुलाई २६ मा हुने निर्वाचनमा आफ्नो पक्षमा मतदान गरिदिन हार्दिक अपिल गरेका छन्।

“हामी परिवर्तनको लागि अघि बढेका छौं” — TEAM EKATA
TEAM EKATA २०२५–२०२७ को नेतृत्वका लागि “For Change” को सन्देश बोकेर अगाडि बढेको समूह हो। उनीहरूले NRNA अष्ट्रेलियालाई अझ प्रभावशाली, जवाफदेही, र सबै समुदायको प्रतिनिधित्व गर्ने संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

महेन्द्र कार्की:

“हामी यहाँ हाम्रो समुदायको वास्तविक आवाजलाई प्रतिनिधित्व गर्न आएको हौं। TEAM EKATA को अभियान समर्पण, समावेशी नेतृत्व, पारदर्शिता, र संस्थाको विश्वसनीयता निर्माणमा केन्द्रित छ। हामी सबैको सहभागिता बिना बलियो एनआरएनए निर्माण सम्भव छैन।”
३० वर्षको अनुभव र सेवाको थुप्रो इतिहास
तीन दशकदेखिको अष्ट्रेलिया बसाइमा कार्कीले स्थानीय तथा राष्ट्रियस्तरका सामाजिक गतिविधिहरूमा नेतृत्वदायी भूमिका खेलेका छन्। नेपाली सांस्कृतिक कार्यक्रमदेखि लिएर आपतकालीन सहयोग, शिक्षा सम्बन्धी पहल, र युवा नेतृत्व विकाससम्मका विभिन्न कार्यक्रममार्फत उनले नेपाली समुदायलाई एकताबद्ध गर्दै आएको उल्लेख गरिएको छ।

NRNA अष्ट्रेलियामा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउने प्रतिवद्धता
कार्कीको उम्मेदवारी एक नयाँ सोच, व्यवहारिक दृष्टिकोण, र समर्पित नेतृत्वका लागि आएको बताइएको छ। “हामी एकताबद्ध भएर अघि बढ्दा मात्र बलियो र सबल एनआरएनए सम्भव हुन्छ,” भन्ने TEAM EKATA को नारा नै उनको अभियानको मूल सन्देश हो।

भोट गर्ने मिति: जुलाई २६, २०२५
एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी २६ जुलाई २०२५ मा हुँदैछ। समुदायमा आफ्नो इमान्दार र निःस्वार्थ सेवाका कारण लोकप्रियता कमाएका महेन्द्र कार्कीले TEAM EKATA मार्फत आफ्नो उम्मेदवारीलाई दृढ आत्मविश्वासका साथ अघि सारेका छन्।

२०८२ श्रावण १, बिहीबार प्रकाशित 1 Minute 568 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।