२०८३ जेष्ठ ४ सोमबार

संघर्ष बुझेको युवा अब नेतृत्वमा आउँछ — एनआरएनएमा काजीको घोषणा

एनआरएनए अष्ट्रेलिया (२०२५–२०२७) को लागि सुदीप सिंह बिष्ट ‘काजी’ NSW SCC युवा संयोजक पदमा उम्मेदवार

सिड्नी, अष्ट्रेलिया — असार ३२, २०८२ — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालको निर्वाचन नजिकिँदै गर्दा युवा पुस्तामा नेतृत्व विकास र प्रतिनिधित्वको अपेक्षासँगै सुदीप सिंह बिष्ट ‘काजी’ले न्यू साउथ वेल्स (NSW) राज्य समन्वय परिषद्को युवा संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

बिष्टले आफ्नो उम्मेदवारीलाई पदका लागि मात्र नभई नेपाली युवाहरूको आवाज, सम्भावना र भविष्यको प्रतिनिधित्वका रूपमा परिभाषित गर्नुभएको छ।

दृष्टिकोण (Vision):
“एकजुट, सशक्त र आत्मनिर्भर नेपाली युवा समुदायको निर्माण” भन्ने लक्ष्यसहित बिष्ट युवाहरूको क्षमता विकास, नेतृत्व प्रशिक्षण, मानसिक स्वास्थ्य, रोजगारी, शिक्षा र संस्कृतिक संरक्षणमा विशेष जोड दिने योजनाका साथ मैदानमा उत्रनुभएको हो।

मुख्य उद्देश्यहरू
उहाँले आफ्नो एजेन्डा निम्न ७ प्रमुख बुँदामा प्रस्तुत गर्नुभएको छ:

युवा नेतृत्व विकास
करियर र शिक्षा कार्यक्रमको प्रवर्द्धन
उद्यमशीलता र स्टार्टअपमा सहयोग
मानसिक स्वास्थ्य र आत्म-सशक्तिकरण
सांस्कृतिक पहिचान र एकताको प्रवर्द्धन
खेलकुद र प्रतिभा उजागर गर्ने प्लेटफर्म
नीति निर्माणमा युवा आवाजको सशक्त प्रतिनिधित्व

“म उम्मेदवार मात्र हैन, तपाईंहरूको साथी र सेवक हुँ”
सामाजिक अभियन्ता तथा युवाहरूबीच परिचित अनुहारका रूपमा परिचित बिष्टले लामो समयदेखि नेपाली समुदायमा सक्रिय रही विभिन्न सामाजिक, शैक्षिक तथा युवा अभियानी अभियानहरूमा सहभागिता जनाउँदै आउनुभएको छ। उहाँले भन्नुभयो:

“म केवल उम्मेदवार हैन, म तपाईंहरूको साथी, प्रतिनिधि र सेवक बन्न चाहन्छु। तपाईंहरूको आशा र भरोसालाई व्यर्थ जान दिन्न।”
उहाँले आफैं पनि युवा अवस्थामै रहेको व्यक्ति भएको नाताले हजारौं नेपाली युवाहरूका संघर्ष, भावना र सम्भावनालाई अझ गहिरो रूपमा बुझ्ने दाबी गर्दै एनआरएनएमा युवाहरूको निर्णायक उपस्थिति कायम गराउन आफु कटिबद्ध रहेको बताउनुभएको छ।

सुदीप सिंह बिष्ट ‘काजी’को सन्देश:
“हामी युवाहरू भविष्य मात्र होइनौं, आजको परिवर्तनका मूल आधार पनि हौं। त्यसैले, नेतृत्वमा युवाको सहभागिता आवश्यक छ। म अनुभव, जोश र जिम्मेवारीका साथ सेवा गर्न तयार छु।”

“NRNA मा युवा, युवामा नेतृत्व!”
एनआरएनए अष्ट्रेलियाको निर्वाचन २०२५ जुलाई २६ मा हुने तय भएको छ। युवा संयोजक पदमा बिष्टको उम्मेदवारीले प्रवासी नेपाली युवाहरूमा उत्साह र छलफल सिर्जना गरेको छ। अब नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्व स्थापित हुने अपेक्षा व्यापक रूपमा गरिएको छ।

२०८२ श्रावण १, बिहीबार प्रकाशित 1 Minute 3121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।