२०८३ असार १० बुधबार

समुदायप्रेमी नेतृत्वका लागि रामचन्द्र घिमिरे – ACT उपसंयोजक पदमा उम्मेदवार

एनआरएनए ACT को उपसंयोजकमा रामचन्द्र घिमिरेको उम्मेदवारी
“समुदायमैत्री, जवाफदेही र सक्षम नेतृत्वका लागि Team Ekata”

क्यानबेरा, जुलाई १८, २०२५ — अष्ट्रेलियाको राजधानी क्यानबेरामा सक्रिय सामाजिक अभियन्ता रामचन्द्र घिमिरेले आगामी कार्यकालको लागि गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया — ACT राज्य समन्वय परिषदको उपसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

‘Team Ekata’ को तर्फबाट उम्मेदवार बनेका घिमिरे सन् २०१७ मा स्थायी रूपमा सिड्नी स्थानान्तरण हुनुभएको थियो भने सन् २०१९ को अन्त्यदेखि क्यानबेरामा स्थायी बसोबास गर्दै आउनुभएको छ। उहाँ विगतदेखि नै नेपाली समुदायमा सामाजिक, व्यावसायिक र सहयोगमूलक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।

किन रामचन्द्र घिमिरे?
रामचन्द्र घिमिरे विश्वास गर्नुहुन्छ NRNA केवल औपचारिक संस्था होइन, यो संस्थाले विदेशमा बसोबास गर्ने नेपालीहरूको वास्तविक साथ, सहयोग र सम्बल बन्नुपर्ने आवश्यकता छ।

“विद्यार्थीदेखि वरिष्ठ नागरिकसम्म, रोजगारी खोज्नेहरूदेखि उद्यमशील नेपालीहरूसम्म — सबैका लागि NRNA सहारा र सम्भावनाको केन्द्र बन्नुपर्छ। म यस्तै एनआरएनए बनाउने संकल्पका साथ मैदानमा उत्रिएको छु,” उहाँको भनाइ छ।

उहाँको नेतृत्वदायी दृष्टिकोणमा NRNA लाई युवामैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रदायक संस्थाको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
एजेण्डा — सबल समुदाय, सशक्त एनआरएनए
रामचन्द्र घिमिरेले प्रस्तुत कार्ययोजना अत्यन्त व्यावहारिक, समयानुकूल र समावेशी छ। यहाँ उहाँका प्रमुख एजेण्डाहरू:

१. सीप विकास कार्यशाला (Skill-Building Workshops)

नेतृत्व, सार्वजनिक वक्तृत्वकला, डिजिटल सीप, रेज्युम लेखन, सामाजिक सञ्जालमा पेशागत प्रस्तुतिकरण आदि विषयमा नियमित तालिम तथा कार्यशालाहरू आयोजना गरी व्यक्तिगत तथा पेशागत विकासमा सहयोग।

२. इन्टर्नशिप र मेन्टरशिप कार्यक्रम

नेपाली युवाहरूलाई अष्ट्रेलियामा स्थापित नेपाली-अष्ट्रेलियन व्यवसायी, पेशेवर तथा प्राज्ञिक व्यक्तित्वहरूसँग जोड्ने “Career Connect” कार्यक्रम — जहाँ प्रेरणा, मार्गदर्शन र अवसर सँग सिधा सम्पर्क हुनेछ।

३. रोजगारी मेला र नेटवर्किङ इभेन्टहरू

स्थानीय तथा राष्ट्रिय रोजगार प्रदायक संस्थाहरूसँग सहकार्य गर्दै रोजगारी मेला, अन्तर्वार्ता तयारी, करियर काउन्सेलिङ, र नेटवर्किङ नाइटहरू आयोजना — नेपाली प्रतिभालाई अवसरमा रूपान्तरण गर्ने।

४. NRNA Employment Connect Platform

डिजिटल प्लेटफर्मको निर्माण जसले सीपयुक्त नेपालीहरूलाई रोजगारदातासँग जोड्ने, आवश्यक परामर्श, कामको जानकारी, र व्यवसायिक सम्बन्ध विकासमा सहयोग गर्नेछ।

५. उद्यमशीलता प्रवर्द्धन र स्टार्टअप समर्थन

→ व्यवसाय सुरुवात कार्यशाला,
→ अनुदान र फन्डिङ आवेदनमा सहयोग,
→ स्थानीय स्रोतको पहुँच,
→ ACT मा रहेका नेपाली साना तथा मझौला व्यवसायहरूलाई प्रवर्द्धन र संरक्षण।
“Nepali Business Hub” को अवधारणा — नेपाली व्यवसायीहरूको सामूहिक उन्नति!

६. Volunteer Rapid Response Team (RRT)

दुर्घटना, कानुनी समस्या, मानसिक स्वास्थ्य संकट, आपतकालीन अवस्थाहरूमा तुरुन्तै प्रतिक्रिया दिन सक्ने प्रशिक्षित स्वयंसेवक टोलीको निर्माण — २४/७ सक्रिय।

७. समुदाय सुरक्षा पुस्तिका (Community Safety Guide)

नेपाली भाषामा तयार पारिएको आपतकालीन सम्पर्क नम्बरहरू, स्वास्थ्य सहायता, कानुनी सल्लाह, मानसिक स्वास्थ्यसम्बन्धी जानकारीसहितको उपयोगी पुस्तिका — प्रत्येक नेपाली परिवारसम्म पुर्याउने।

८. Nepali Emergency Support Group (NESG)

प्राकृतिक विपद् (बाढी, डढेलो, भूकम्प आदि) का बेला सक्रिय रूपमा सहयोग गर्ने नेपाली स्वयंसेवकहरूको संस्था निर्माण र सशक्तिकरण।
यो समूहले NRNA लाई सामुदायिक संकट व्यवस्थापनमा अग्रणी भूमिका खेल्ने संस्था बनाउनेछ। NESG ले अष्ट्रेलियाली सरकार, रेडक्रस, SES, र अन्य आपतकालीन निकायहरूसँग साझेदारीमा नेपाली समुदायलाई एक उत्तरदायी र सक्षम समूहका रूपमा प्रस्तुत गर्नेछ।

नेतृत्व, समर्पण र संकल्पको संयोजन
रामचन्द्र घिमिरेको नेतृत्व सुनुवाइमा विश्वास गर्छ, सेवा प्रदानमा केन्द्रित छ, र सामूहिक हितलाई प्राथमिकता दिन्छ।
उहाँ भन्नुहुन्छ:

“हामी NRNA लाई सबै नेपालीका लागि सुगम, सक्रिय र जवाफदेही संस्था बनाउनेछौं।
हामी आवाज होइन, समाधान बन्न चाहन्छौं।”

२०८२ श्रावण २, शुक्रबार प्रकाशित 1 Minute 3137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।