२०८१ बैशाख २१ शुक्रबार

प्रवासी नेपाली युवा मंच, अष्ट्रेलियाको रक्तदान कार्यक्रम सम्पन्न ।

प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाको सिग्नेचर कार्यक्रम अन्तर्गतको दोस्रो कार्यक्रम, रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंच अष्ट्रेलियाको एक सक्रिय बिभाग युवा बिभाग प्रवासी नेपाली युवा मंचले आफ्नो बार्षिक सिग्नेचर कार्यक्रम अन्तर्गतको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा १३ जना युवाहरूले रक्तदान गरेका थिए ।

कार्यक्रममा प्रमुखको अतिथिको रुपमा प्रवासी नेपाली मंचका प्रवक्ता सन्तोष दाहालले युवाहरू बिशेष गरी समाजमा भिज्नु मुख्य कुरा र दुःख सुखमा सबैको आड र भरोषा बन्न सके अष्ट्रेलियामा रहेका नेपाली युवा र सिंगो समुदायको सहयोगको सारथी बन्ने बताए र उक्त रक्तदान कार्यक्रम सम्पन्न गर्नका लागी शुभकामना व्यक्त समेत गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको प्रति खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा १३ जना रक्तदाता मध्य दुई जनाले प्लाज्मा दान समेत गरेका थिए । रक्तदान गर्ने युवाहरू अरुण गौतम, बिशाल राना मगर, अनिल खड़का, नबिन गौतम, युवा ज्योतिष पण्डित प्रकाश गैरे, सुरेश मल्ल, सनराइज़ ज्ञवाली, त्रिलोचन गौतम, सुमन उप्रेती, बिशाल कुमार जैसवाल, भवानी पुलगम, शाइक मोहित पाषा र बिकल रिजाल ले रक्तदान गरेका थिए ।

रक्तदाता मध्यबाट दुई भारतीय मुलका नागरिक समेतले प्रवासी नेपाली युवा मंच मार्फत रक्तदान गरेका थिए, उनीहरूलाई हामिले सोध्ने क्रममा जुनसुकै देश, धर्म, भाषाका समुहले आयोजना गरे पनी रगत सबैको रातों हूँछ त्यसैले यस प्रवासी नेपाली युवा मंचले आयोजना गरेको रक्तदान कार्यक्रममा जोड़ीएको र निकै हर्षित समेत रहेको बताए ।

कार्यक्रममा एनआरएन अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यका उप-प्रमुख सुकृति भट्ट, प्रवासी नेपाली मंच न्यु साउथ वेल्सका अध्यक्ष कृष्ण सापकोटा, केन्द्रीय सदस्य राजू गौचन, युवा मंचका सह-इंचार्ज एवं रक्तदाता बिशाल राना मगर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रको अध्यक्षता गर्दै प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका अध्यक्ष अरुण गौतमले सबै अतिथि, रक्तदाता, रेडक्रस अष्ट्रेलिया र उपस्थित सबैमा आभार प्रकट गर्दै आगामी दिनहरूमा समेत यस्तै सामाजिक कार्यक्रमहरू गर्दै जाने कुराको प्रतिवद्धता समेत व्यक्त गरेका थिए र रक्तदाता र स्वयंसेवक साथीहरूलाई आऊने एक भव्य कार्यक्रमका बिच प्रमाण पत्र समेत प्रदान गर्ने कुरा मंचका उपाध्यक्ष प्रकाश सुबेदीले बताए ।

कार्यक्रम संयोजकको रुपमा प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका बिध्यार्थी काउन्सिल प्रमुख सनराईज ज्ञवाली रहेका थिए भने कार्यक्रमको संचालन युवा मंचका महासचिव अनिल खड़काले गरेका कुरा उपाध्यक्ष प्रकाश सुबेदीले बताए साथै अष्ट्रेलियाको आठ ओटै राज्यले रक्तदान कार्यक्रम आयोजना गर्ने समेत बताइएको छ।

२०७८ पुष ४, आईतवार प्रकाशित 1 Minute 856 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।