२०८१ बैशाख २१ शुक्रबार

अनेरास्ववियु, जनप्रियले माग्याे ५ हजार ५ सय विद्यार्थीलाई खोप

पाेखरा । अनेरास्ववियु जनप्रिय बहुमुखी क्याम्पस कमिटिले क्याम्पसमै खोप केन्द्र राखी विद्यार्थीहरूलाई काेराेना विरूद्धकाे खाेपका लागि पहल गरिदिन पाेखरा महानगर स्वास्थ्य शाखासमक्ष माग गरेकाे छ ।

साेमबार अनेरास्ववियुले परीक्षा दिइरहेका र परीक्षा तालिका प्रकाशित भएका विद्यार्थीलाइ पहिलाे प्राथमीकतामा राखी जम्मा ५ हजार ५ सय जना विद्यार्थीलाई तत्काल खाेपका लागि पहल गरिदिन महानगरपालिकामा ध्यानाकर्षण गराएकाे हाे ।

परिक्षामा सहभागी हुने विद्यार्थी को लागि तत्कालनै खोप उपलब्ध गराइ विद्यार्थीलाइ भय रहित वतावरणमा परिक्षा दिन सहज बनाउनका लागि अनेरास्ववियुले उक्त कदम चालेकाे अनेरास्ववियु क्याम्पस कमिटिका अध्यक्ष किसान भण्डारीले बताए । ‘काेराेना विरूद्धकाे खाेपका नपाएकाे अवस्थामा पनि सामुहिक परिक्षामा सहभागि हुदा विद्यार्थीकाे मानसिकतामा पर्न गएकाे असर महशुस गरेर खाेप सहजिकरणका लागि महानगर स्वास्थ्य शाखा समक्ष जोडदार माग राखेका छौँ, भण्डारीले भने, ‘माग पुरा नभए खाेपका लागि आन्दोलन नै गर्नुपर्ने हुन सक्छ।’

यस्ताे छ ध्यानाकर्षण पत्रः

मितिः २०७८/०४/२१

श्रीमान कार्यलय प्रमुख ज्यू,
पाेखरा महानागरपालिका स्वास्थ्य महाशाखा ।

विषयः जनप्रिय बहुमुखी क्याम्पसका करिब ५५०० विद्यार्थीलाई खोपको ब्यबस्था गरियोस् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)आफ्नो स्थापना कालदेखि नै सामाजिक न्याय समतामूलक समाज निर्माण र बिद्यार्थीहरुको हकहित अधिकारको लागि लड्दै आएको नेपाली विद्यार्थी आन्दोलनको नेता संगठनको भएको जग जाएर नै छ।
त्रिभुवन बिश्वविद्यालयले संचालन गरेको स्नातक तहका विभिन्न परिक्षा जनप्रिय बहुमुखी क्याम्पसमा बर्षभरी नै हुने गर्दछ।कोरोना महामारीको यस विषम परिस्थितिमा समेत विद्यार्थीहरु बिना खोप परिक्षा दिन बाध्य भएका छन्। काठमाडौं उपत्यकामा रहेको १८ बर्ष देखि माथीका सबै विद्यार्थीलाई खोप पाइरहदा राजधानी बाहिरका परिक्षा दिइरहेका विद्यार्थीहरुलाई भने खोप नदिएर यो सरकारले असमानता र विभेद गरेको छ। यो सरकारको महाअसमानता हो, लाचारीपन हो। खोप बिना परिक्षा दिइरहेका विद्यार्थीलाई थप मानसिक असर परेको छ भने परिक्षा हलमा थप असुरक्षित महसुस भएका कारण पनि परिक्षा प्रभाबकारी भएको छैन। अनेरास्ववियु यस विषम परिस्थितिमा तत्काल विद्यार्थीहरुलाई सहज हुने पाएक पर्ने जनप्रिय क्याम्पस प्रङ्गणमा नै खोप केन्द्र राखी जम्मा विद्यार्थी संख्या ५५०० रहेकाले पहिलो प्राथमिकतामा नियमित तथा आंशिक परिक्षा दिने परिक्षा फारम भरेका, परिक्षा समय र तालिका आएका र प्रबेश पत्र भएका विद्यार्थीलाई साथै त्यसपछी सम्पुर्ण अध्यनरत विद्यार्थीहरुलाई अनिवार्य खोप लगाउमे ब्यबस्था गर्न जोडदार माग गर्दछ ।
हार्दिक अभिवादन सहित !!!

२०७८ भाद्र २१, सोमबार प्रकाशित 0 Minutes 857 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।