२०८१ बैशाख २१ शुक्रबार

एनएसडब्लु साउदर्न हाईल्याण्ड नेपाली कम्युनिटि अष्ट्रेलियाद्वारा रक्तदान सम्पन्न ।

सिड्नी ✍️

नेपालीहरु बिच आपसी सद्भभाव, नेपाली संस्कृति प्रवद्धन गर्ने अभिप्रायले स्थापना गरिएको संस्था साउदर्न हाईल्याण्ड नेपाली कम्युनिटिले आफ्नो सामाजिक गतिविधि अन्तर्गत बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले रेडक्रस अस्ट्रेलिया संग सहकार्य गर्दै न्यु साउथ वेल्स राज्य, सिड्नीको राज्यको दक्षिण भेग साउदर्न हाईल्याण्ड स्थित रेडक्रस मोबाईल सेवा, १५२ मिट्टागँग रोड बोरलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

मिट्टागँग, बोरल तथा मोसभेल आसपास बसोबास गर्ने ९ रक्तदाताहरुले होल ब्लड (Whole Blood) दान गर्न सहभागी भएको थिए ।

कार्यक्रमलाई कम्युनिटिका अध्यक्ष सन्तोष बडाल तथा सदस्य अनिल शाक्य ले संयोजन गरेका थिए ।

संस्थाका अध्यक्ष सन्तोष बडालले यस्तो सामाजिक कार्यको निमित्त स्व-ईच्छाले रक्तदान गर्न उत्साहित हुँदै उपस्थित हुनुहुने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा समेत समुदायको हरेक गतिबिधिहरुमा यसै गरी साथ दिन अनुरोध गरे । साथै उहाले २० जना भन्दा बढीको नाम दर्ता भएको तर ऑस्ट्रेलियन सरकारको मोबाइल डोनर युनिट मा कोभिड-१९ पव्लिक हेल्थ आदेश को कारण ९ जनाले मात्र रक्तदान गर्न सकेको र आगामी दिनमा पुन अर्को पटक रक्तदान कार्येक्रम छिट्टै हुने पनि जानकारी गराउनु भयो।

विहिवार विहान १०:३० बजेबाट सुरु गरिएको कार्यक्रम १२:३० बजे समापन भएको थियो । कार्यक्रममा करिव ३० जनाको सहभागिता रहेको थियो भने उपस्थित सबैले कार्यक्रमको आयोजनाप्रति प्रशंशा गरेका थिए ।

रेडक्रस अष्ट्रेलियाका प्रमुख किम फ़ाइनरले केही समय अघी मात्र कोरोनाका कारण मानिस बिच भेटघाट र रगत संकलन गर्ने अवस्थामा असहज रहेको हुदा यति बेला रगतको अभाव रहेको बताए । यसै सन्दर्भमा नेपाली समाजले रक्तदान कार्यक्रम आयोजना गर्दा अष्ट्रेलियन समाज र सरकारद्वारा स्वागत समेत गरीएको पाईएको प्रवासी नेपाली युवा मंच अष्ट्रेलियाका अध्यक्ष अरुण गौतमले बिश्वपाटीलाई बताए ।

२०७८ मंसिर २०, सोमबार प्रकाशित 1 Minute 533 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।