२०८१ बैशाख १५ शनिबार

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त!

काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो। उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। मन्त्रालयले जिम्मेवारी दिएसँगै वैद्यले पुस १९ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको कामकाज सम्हालेको टेलिकमले जनाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान गरेको थियो तर हाल सो प्रक्रिया सम्पन्न नभइसकेकोले वैद्यलाई निमित्तको जिम्मेवारी दिइएको हो।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक वैद्यले सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकायलगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरु छिटो/छरितो तथा उचित रुपले सम्बोधन गर्ने बताइन्। आफ्नो कार्यमा सबै निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारी मित्रहरु तथा कम्पनीमा क्रियाशील ट्रेड युनियनका मित्रहरुबाट विगतमा जस्तै सहयोग प्राप्त हुने उनले अपेक्षा व्यक्त गरिने।

निमित्त प्रबन्ध निर्देशकले कम्पनीको उत्तरोत्तर प्रगतितर्फ एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

२०७८ पुष २१, बुधबार प्रकाशित 0 Minutes 200 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार