२०८३ असार १५ सोमबार

नेपाली सेनाको प्रवक्तामा नारायण सिलवाल!

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् ।

‘आजबाट औपचारिक रूपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिलवाललाई हस्तान्तरण गरेको छ,’ बिदाइ सन्देश दिँदै पौडयालले भनेका छन्, ‘मेरो कार्याकालमा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’

निवर्तमान प्रवक्ता पौडयालले नयाँ प्रवक्ता सिलवाललाई सहयोग गर्न अपिलसमेत गरेका छन् ।

२०७८ माघ १, शनिबार प्रकाशित 0 Minutes 274 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।