२०८१ जेष्ठ ६ आईतवार

राष्ट्रिय युवा संघ नेपाल कास्की संयोजकमा पान बहादुर जि सि चयन!!

पोखरा । राष्ट्रिय युवा संघ कास्की संयोजकमा पानबहादुर जिसी चयन भएका छन् । पोखरामा सम्पन्न संघको केन्द्रीय कमिटी बैठकले जिसीलाई संयोजक तोकेको हो ।

कास्कीको राष्ट्रिय युवा संघमा जिसीको नाम निकै परिचीत हो । जुझारु र सिर्जनशील छवि बनाएका जिसी माछापुच्छ्रे गाउँपालिका लाहाचोक निवासी हुन् ।जि सि एक कुशल व्यावसायिक युवा हुन।

अनेरास्ववियु बाट आफ्नो राजनीति यात्रा तय गरेका जिसि महेन्द्र मा बि लाहाचोकको प्रा क अध्यक्ष पृथ्वीनारायण क्यम्पस ब्यबस्थापन संकाय उपाध्यक्ष जनपृय क्यम्मस प्रा क सहसचिब हुँदै तत्कालीन लाहाचोक गाविसको अध्यक्ष,तत्कालीन कास्की क्षेत्र नम्बरको ४ को सदस्य हुँदै क्षेत्रीय अध्यक्ष, जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य, जिल्ला कमिटी सहसचिव हुँदै सहसंयोजक बनेका जिसी आगामी जिल्ला अधिवेशनको सम्मेलन कमिटीको संयोजक प्राप्त गरेका हुन ।

पानबहादुर जिसीले केन्द्रीय कमिटीले दिएको निर्देशन र आम कस्केली युवाको मनोभावना बुजि संगठनको अराजकता अन्त्य गर्दै युवा आन्दोलन शिखर पुर्याउन अनर्बरत लागि युवा हकहितका अघि बढ्ने र आम युवालाइ व्यावसायिक बनाउनेतर्फ लागि पर्ने बताए ।

२०७८ माघ १, शनिबार प्रकाशित 0 Minutes 569 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार