२०८३ जेष्ठ २५ सोमबार

‘मधेश प्रदेश’!अब प्रदेश २ को नाम !!

जनकपुरधाम – झण्डै चार वर्षपछि प्रदेश २ को नामाकरण भएको छ। मधेश प्रदेशको पक्षमा ८० मत परेपछि दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नाम कायम भएको छ।
तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मतदान गरेकोमा ८० मत पक्षमा आएको छ।मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ ।
सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेश छ ।
यस अघि आजकै बैठकमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइ भन्दा बढीले पारित भएको छ । कुल मत ९९ खस्दा ७८ मत जनकपुरधामको पक्षमा परेको हो।

२०७८ माघ ३, सोमबार प्रकाशित 0 Minutes 546 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।