२०८१ बैशाख २३ आईतवार

सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला!!

अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी एक नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। सिड्नीस्थित अर्चामनमा बसोबास गर्दै आएकी २२ वर्षिय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन्।

काठमाडौंको कीर्तिपुर घर भएकी कपाली अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया आएकी थिइन्। हाल एमपीएल पढिरहेकी उनको घटनाबारे न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ।

मृतक सुष्मितालाई नजिकबाट चिन्ने सीड्नीका युवा उद्यमी उद्धव भट्टले यो घटनाले आफू निकै दुःखीत भएको बताए!
मृतक सुष्मितालाई नजिकबाट चिन्ने सीड्नीका युवा उद्यमी उद्धव भट्टले यो घटनाले आफू निकै दुःखीत भएको बताए।मिजासिली स्वाभावकी सुष्मिताको असामहिक निधनले आफू निकै स्तब्ध भएको र सुष्मिताको परिवारलाई भेटेर सान्त्वतासमेत दिएको उनले बताए।

मृतकको शव नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गो-फण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ ।
अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ हजार ६ सय ५९ डलर संकलन भइसकेको छ।परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको संघका युवा संयोजक बिक्रम दाहालले जानकारी दिए।

२०७८ माघ ३, सोमबार प्रकाशित 1 Minute 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।