२०८१ जेष्ठ ५ शनिबार

भारतले लम्ब्यायो अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध!!

भारतले एयर बबल सम्झौता भएका देशबाहेकका देशमा लगाएको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध फेब्रुअरी २८ सम्मका लागि लम्ब्याएको छ । 

यसअघि मिति तय भएर स्थगित भएका अन्तर्राष्ट्रिय उडानहरू सन् २०२१ डिसेम्बरबाट सञ्चालन गर्ने निर्णय भएपनि कोरोना भाइरको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण फैलिएपछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले यस्तो निर्णय गरेको हो ।
एक सर्कुलर जारी गरी महानिर्देशनालयका निर्देशक नीरज कुमारले एयर बबल सम्झौता भएका देशहरूमा भने यो निर्णयले कुनै असर नगर्ने र हुँदै आएका उडानलाई निरन्तरता दिने उल्लेख गरे ।
यो प्रतिबन्ध फेब्रुअरी २८ तारिखको राति १२ बजेसम्म लागू हुनेछ ।

२०७८ माघ ५, बुधबार प्रकाशित 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार