२०८१ बैशाख १८ मंगलवार

बंगलादेशी अभिनेत्रीको शव दुई टुक्रा पारेर बोरामा फ्याँकिएको अवस्थामा फेला!!

५ माघ, काठमाडौं । आइतबारदेखि हराइरहेकी बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव फेला परेको छ । शरीरलाई दुई टुक्रा पारेर बोरामा बन्द गरेर फ्याँकिएको अवस्थामा ढाकाको केरानीगञ्जको आलियापुर क्षेत्रमा सोमबार बिहान शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।

३५ वर्षीया अभिनेत्री शिमुको गर्धनमा चोट लागेको देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका पतिसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार ढाकामा पत्रकार सम्मेलन गरी प्रहरीले शिमुका पति सखावत, उसका साथी, ड्राइभर सहिति ६ जनालाई पक्राउ गरी तीन दिनको म्याद थपेर हिरासतमा राखेको जानकारी दिएको छ ।
उनका पतिले घरायसी विवादका कारण पत्नीको हत्या गरेर फ्याँकेको प्रहरीसँगको बयानमा स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
शिमु ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्ना पति र दुई सन्तानका साथ बस्दै आएकी थिइन् । आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी उनी त्यसपछि बेपत्ता भएकी थिइन् । राति अबेरसम्म पनि नफर्किएपछि उनको खोजी तीव्र पारिएको थियो!
सोमबार बिहान उनको शव दुई टुक्रा भएको अवस्थामा फेला परेको हो । प्रहरीले शवलाई पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।
शव फेला परेसँगै शिमुका भाइले उनका पतिविरुद्ध मुद्दा दर्ता गराएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको ढाका प्रहरीले बताएको छ ।

२०७८ माघ ५, बुधबार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार