२०८१ बैशाख १८ मंगलवार

क्यानडामा ट्रक चालकहरुको प्रदर्शनः ओटावामा आपतकाल घोषणा!!

एजेन्सी, ओटावा । कोभिड खोपविरुद्ध सरकारले ल्याएको प्रावधानको विरोधमा विगत एक सातादेखि प्रदर्शनमा उत्रिएका ट्रक चालकहरुको आन्दोलन अराजक बन्दै गएपछि राजधानी ओटावामा आपतकाल घोषणा गरिएको छ । सहर ‘पूर्ण रुपमा नियन्त्रणबाहिर’ गएको भन्दै ओटावाका मेयर जीम वाटसनले आपतकाल घोषणा गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘असंवेदनशील व्यवहार’ गरेको मेयर वाटसनले बताए । प्रदर्शनकारीले बारम्बारसाइरन बजाएको र पटाका पड्काएको उनको भनाई छ ।

प्रदर्शनकारीका कारण राजधानीका बासिन्दाको सुरक्षामा खतरा बढेको पनि उनले बताए । ट्रक चालकहरुले एक सातादेखि टेन्ट र गाडीहरू राखेर अवरोध गर्दै आएका छन् ।

२०७८ माघ २४, सोमबार प्रकाशित 0 Minutes 149 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार