२०८३ असार १५ सोमबार

दुबईमा नेपाली नर्स जेनिसाको दुर्घटनामा मृत्यु ।

यूएई : यूनाईटेड अरब ईमिरेट्स (यूएई) दुबईमा कार्यरत एक नेपाली नर्सको सडक दुर्घट्नामा मृत्‍यु भएको छ। पोखरा घर भई हाल यूएईको रस अल खेमाहमा कार्यरत जेनिसा गुरुङको मंगलबार बिहान मृत्‍यु भएको हो।

बिहान काममा जाने क्रममा तीब्र गतिमा रहेको गुरुङ चढेको गाडी अनियन्त्रित भई दुर्घट्ना हुँदा गुरुङको घटनास्थलमै मृत्‍यु भएको जनाईएको छ। गुरुङको शब स्थानीय साकार अस्पतालमा राखिएको छ।

दुर्घट्नामा अर्की एक नेपाली नर्स र पाकिस्तानी ड्राइभर सामान्य घाईते भएका छन्।

२०७८ फाल्गुन ३, मंगलवार प्रकाशित 0 Minutes 660 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।