२०८३ असार १५ सोमबार

जर्मन राजदूत बालकोटमा एमाले अध्यक्ष ओलीलाई भेट्न !

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ ।

?पूर्वप्रधानमन्त्री ओली भेट्न राजदूत प्रिन्ज मंगलबार दिउँसो भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।भेटमा द्विपक्षीय सम्बन्ध, समसामयिक राजनीतिक तथा अन्य विषयमा छलफल भएको काठमाडौंस्थित जर्मन दूतावासले जनाएको छ।

 

अमेरिकी सहायता परियोजना एमसीसी निर्णायक मोडमा पुगेका बेला जर्मन राजदूतको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।यसअघि अमेरिकी राजदूत र्‍याण्डी बेरी ओली भेट्न बालकोट पुगेका थिए ।सरकारले भोलि सदनमा एमसीसी टेबल गर्ने तयारी गरेको छ । एमसीसीमा एमालेको पोजिसन भोलिको संसद बैठकमा के हुन्छ भन्ने चासोको विषय बनेको छ ।

 

२०७८ फाल्गुन ३, मंगलवार प्रकाशित 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।