२०८१ बैशाख ७ शुक्रबार

नेकपा एमाले सराङकोटले गर्यो मृगौला पिडितलाई आर्थिक सहयोग ।

जनता सँग ने क पा एमाले । नेकपा एमाले सराङ्कोट टोलटोलमा ।
सोमबार दोस्रो दिन को कार्यक्रम मार्फत ग्यारजती टोल र शिबभन्ज्याङ टोल कमिटी गठन कार्यसम्पन्न गरेको छ ।वडा पार्टी कमिटी का अध्यक्ष पुश्कल ब थापा को अध्यक्षतामा भएको छ । कार्यक्रम सचिब शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए।

प्रमुख अथिती को रुपमा नेकपा एमाले नगर कमिटी सदस्य डिल बाहादुर जि सि ,विशेष अथिती को रूपमा नेकपा एमाले जिल्ला सदस्य तथा राष्ट्रिय युबा संघ कास्की का इन्चार्ज हरि लम्साल र अथिती को रूपमा क्रमश बेल बाहादुर थापा ,भोज कुमारी थापा , सन्तोष थापा यक ब थापा ,योगेन्द्र थापा सरला नेपाली ,रितु थापा र शुनिल थापा लगायत स्थानीय अग्रज पार्टी नेता कार्यकर्ता ,राष्ट्रिय युबा संघ पोखरा १८ का उपाध्यक्ष अस्बिन भण्डारी ,सचिव झपेन्द्र भुजेल आतिथ्यता ग्रहण गरेका थिए। उत्त कार्यक्रम मा स्वागत मन्तब्य पार्टी का उपाध्यक्ष अरुण थापा ले राखेका थिए।कार्यक्रम लाई सम्बोधन गर्दै पुर्ब उपाध्यक्ष तथा जनप्रतिनिधि ज्ञान बाहादुर थापा ले भयगरेका बिकास योजना बारे जानकारी गराउँदै विकास निर्माणको काममा युवाहरु को साथ चाहिने बताए। पूर्व अध्यक्ष बेल बाहादुर थापाले अब एकजुट भइ निर्वाचन केन्द्रित हुनुपर्ने बताए ।उक्त कार्यक्रम को समापन गर्दै पुश्कल बाहादुर थापाले पार्टी सदैब जनता को पक्षेमा रहेको र हरेक अप्ठ्यारो परिस्थितिमा २४ औं घण्टा सम्पर्क गर्नुहुन स्थानीय बासी लाई अनुरोध गर्दै मृगौला पिडित पोषण थापालाई पहिलो चरण को सहयोग स्वरुप रु १२०००/- सहयोग गर्य ।उक्त कार्यक्रममा स्थानीय को उल्लेखनीय उपस्थिति रहेको थियो ।साथै उक्त भेला ले रितु थापा को अध्यक्षतामा शिबभन्ज्याङ टोल कमिटी र इन्द्र बहादुर थापाको अध्यक्षता मा ग्यार्जती टोल कमिटी र कुमार थापा को अध्यक्षता मा राष्ट्रिय युबा संघ ग्यारजती टोल कमिटी गठन गरि निर्बाचित सम्पुर्ण लाई जिल्ला सदस्य तथा राष्ट्रिय युवा संघ कास्कीका इन्चार्ज हरि लम्सालले सफतग्रहण गराए।

२०७८ फाल्गुन ९, सोमबार प्रकाशित 1 Minute 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार