२०८३ जेष्ठ २६ मंगलवार

अभिनेता पल शाहविरुद्ध बलात्कारकाे आराेपमा जाहेरी दर्ता, पक्राउ गर्ने तयारी!!

काठमाण्डाै – अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।

जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ ।

‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ, बाहिर धेरै हल्ला गर्दा मुद्दा प्रभावित हुने भएकाले यो विषयलाई धेरै प्रचार नगरिदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो’, एक प्रहरी अधिकृतले उज्यालो अनलाइनसँग भने ।

यस्ताे छ सजायकाे व्यवस्था!

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने र दोषी ठहर भएमा कसुरदारलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने उल्लेख छ ।

 

 

२०७८ फाल्गुन ११, बुधबार प्रकाशित 1 Minute 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।