२०८० चैत्र ६ मंगलवार

नेकपा कार्यकारी अध्यक्ष दाहालले बाेलाए सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय धुम्बाराइमा आज दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।

पछिल्लो समय दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउनको लागि दबाब दिइरहेका थिए । तर ओलीले भने सचिवालय बैठकको आवश्यकता नरहेको भन्दै बैठक बोलाउन नमानेको स्रोतको दावी छ ।

विवाद बढ्दै गएपछि दुई अध्यक्षबीचको सम्बन्ध तिक्ततापूर्ण हुँदै गएको छ । शीर्ष नेताहरुमा विवाद देखिएपछि दोस्रो र तेस्रो तहका नेताहरुले विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

२०७७ कार्तिक २१, शुक्रबार प्रकाशित 0 Minutes 1193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार