२०८० चैत्र १६ शुक्रबार

नेपालि दुतावास र एनआरएन एनएसडब्लु अष्ट्रेलियाले बिद्यार्थी बिशेष कार्यक्रम गर्ने ।

अष्ट्रेलियाका लागी नेपाली दुतावास र नेपालीहरूको साझा संस्था एनआरएन अष्ट्रेलिया न्यु साउथ वेल्स राज्यको आयोजना र महावाणिज्य दूतावास न्यु साउथ वेल्सको सहयोग मा अन्तराष्ट्रिय बिध्यार्थीहरू को लागी सचेतना मुलक कार्यक्रम हुने भएको छ ।

अष्ट्रेलियमा रहेर शैक्षिक परामर्श दिने संस्था हरू र स्थानीय बिभिन्न संघ संस्था संगको समन्वयमा अष्ट्रेलियामा रहेका उच्च शिक्षा हासिल गर्ने आएका बिद्यार्थीहरू अष्ट्रेलिया आइसकेपछी यहाँको वातावरण संग घुलमिल हुन, यहाँको नियम र क़ानुन को बारेमा अनी नेपालीहरूको कागजपत्र जस्तै पासपोर्ट, लगायत धेरै कुराहरू दुतावास संगको हरेक प्रश्न अनी जानकारी लीन सकिने बताइएको छ बिशेष गरी यहाँको अवसर, चुनौती अनी अष्ट्रेलिया मै बस्ने योजना भएकाहरू र अन्य सहभागीहरूले सिक्ने मात्र नभई विशेषज्ञहरूसँग संलग्न हुने र कुनै पनि चिन्ता वा प्रश्नहरू उठाउने अवसरहरू समेत प्रशस्त पाउनेछन्।

नव आगन्तुक बिद्यार्थीहरू हाल अष्ट्रेलियामा बिभिन्न किसिमका लत अनी साथीभाईको संगतले लागुपदार्थ सेवन, मानसिक समस्या, भिषा सम्बन्धी समस्या, भविष्य के गर्ने कसो गर्ने, काम, अध्यन अनी बिभिन्न समस्या यी सबै कुराहरू बाट पिडित र उन्मुक्ति को अनेक बाटो खोजीरहदा अनी रोज़िदै गर्दा यस कार्यक्रमले पक्कै पनी बिद्यार्थी वर्गमा एक खालको राहत अनी सान्त्वना प्रदान गर्न सकिने एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यु साउथ वेल्स राज्य संयोजक देब बहादुर गुरुङले बताए साथै एनआरएन सधै नेपालीको हित र दुःख अनी सुखमा सदैव संगै रहने र आऊदो दिनमा समेत यस्ता किसिमका जसले समाजमा सचेतना अनी जागरूकता पैदा गर्ने खालको कार्यक्रमहरू लिएर अवश्य आऊने साथै यस्तो कार्यक्रममा मिले सम्म सबैजनाले अनिवार्य उपस्थिति जनाउनु पर्ने कुरा विश्वपाटि लाई बताए ।

कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधिहरुको पनि उपस्थिति रहने भएकोले कार्यवाहक राजदूत र दूतावासका प्रतिनिधिले राहदानी, भिसा र एनआरएन परिचयपत्र लगायतका सबै प्रकारका कागजातहरु सम्बन्धी धेरैजसो जिज्ञासाहरुको जवाफ दिने छन ।

यो देशमा आइसकेपछी हरेक चुनौती लाई आफ्नो बलबुताले भ्याए सम्म एक्लै सामना गर्नुपर्ने हुदा केही कठिनाई हरू आऊनु अस्वभाविक मान्न सकिदैन त्यसैका लागी साथ र सहयोग गर्ने एनआरएन रहेको न्यु साउथ वेल्स उप-प्रमुख सुकृति भट्टले बताईंन संगै यस कार्यक्रमलाई सफल बनाउन स्वयं बिद्यार्थी वर्ग नै उत्साहित भई उपस्थिति हुनुपर्ने र सबैलाई निमंत्रणा समेत रहेको बताईन ।

कार्यक्रम १२ मार्च २०२२, शनिबार दिउँसो २ देखि ४ बजे सम्म सिभिक थिएटर, 16 म्याकमोहन सेन्ट, हर्स्टभिल, सिड्नीमा हुन गईरहेको छ ।

२०७८ फाल्गुन २०, शुक्रबार प्रकाशित 1 Minute 606 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार