२०८१ बैशाख १२ बुधबार

“यत्र नार्यस्तु पुज्यते रमन्ते तत्र देवता” “नारी” जुन शब्द आफैंमा गहन छ ।

✍️ पुजा देवि शर्मा

“यत्र नार्यस्तु पुज्यते रमन्ते तत्र देवता”
“नारी” जुन शब्द आफैमा गहन छ ।
हामी मुल्यांकन गर्न सक्छाै, परापुर्वकालदेखि नै नारीलाई उच्च स्थानमा राखिएकाे थियाे। नारीलाई देविकाे संज्ञा दिँदै केही शुभ काम गर्नुभन्दा अगावै नारीलाई अगाडि लिएर काम गरिन्थ्याे। तर अाज समाजमा नारीप्रतिकाे त्याे सम्मान छैन।
अाज नारिलाई समाजमा स्वतन्त्रता छैन कसैसँग हासेँर बाेल्दा, अबेर घर पुग्दा, कसैसँग सँगै हिड्दा उनिहरुलाई समाजमा दिने उत्तर बाटाेमै खाेजेर जानुपर्छ। उनिहरुलाई स्वतन्त्रता खै??
यहाँ एउटा कुनै ठाँउकाे बलात्कारकाे खबर आउदो  आफ्नै  ठाँउका हरेक पुरुषहरुप्रतिका हाम्रा नजर डराएका छन्। यहाँ आफ्नै दाइ १२ वर्षकि बहिनी बलात्कृत भएकाे खबर आउद आफ्नै दाजुभाईहरु प्रति दिदिबहिनिहरुका नजर डराएका छन्। यहाँ आफ्नै  ससुरा र जेठाजुद्वारा बुहारी बलात्कृत भएकाे खबर आउदो  आफ्नो दाइ सम्मान जेठाजु र बाउसमान ससुराप्रतिका बुहारिहरुका नजर डराएका छन।यहाँ आफ्नै  शिक्षकद्वारा विद्यार्थी बलात्कृत भएकाे खबर आउँदा  आफ्नै भगवानसमान गुरुहरुप्रति विद्यार्थीहरुका नजर डराएका छन। आखिर  कहिलेसम्म यी नजर डराईरहनुपर्ने?? अाखिर कहिलेसम्म यी नजर झुकिईरहनुपर्ने?? आखिर कहिलेसम्म यी नजर दबिईरहनुपर्ने ??
यहाँ महिलाकाे मात्र कुरा हैन यहाँ त संसारका मानवताले भरिएका पुरुषकाे नि कुरा छ । यहाँ एकदुइजना दानवहरुकाे कारण संसारका मानवताले भरिएका पुरुषहरुप्रति पनि हाम्रा नजर डराएका छन।
समाजमा एकदुईजना दानवकाे कारण पुरुषहरु पनि पिडीत छन ।
सामाजीक र व्यवहारिक क्षेत्रमा पनि समाजमा देखाउनकै लागि भएपनि नारीहरुलाई संविधानले सुनिश्चितता गरेका हुनाले संसद र स्थानिय जनप्रतिनिधिमा बल्ल बल्ल ठाउँ दिईएकाे छ त्याे पनि नेतृत्वमा हैन सहभागितामा मात्रै,तर अब हामी सबै नारीहरुले आफ्नो पार्टी संगठन विभागभित्र पनि कस्सिएर आफ्नो आवज राख्ने र गलत भए याे गलत हाे भन्न सक्ने हिम्मत राख्नुपर्छ र समाजमा पुरुषहरुले पनि महिलाकाे सम्मानकाे लागि एकदिन मात्र नारी दिवस मनाउने हैन, उनिहरुलाई सधैभरी भगवान दुर्गा र सृष्टिकर्ताकाे रुपमा सम्मान दिनुपर्छ ।

सम्पुर्णमा नारी दिवशकाे शुभकामना

२०७८ फाल्गुन २४, मंगलवार प्रकाशित 0 Minutes 1562 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार