२०८१ बैशाख १३ बिहीबार

पर्यटन प्रवद्र्धन गर्न खेलकुद विशेष बृहत पातिखोला महोत्सवमा भब्य आयोजना हुने!(फाेटाे फिचर सहित)!!!

पोखरा, फागुन २५ गते ।आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माछापुच्छे गाँउपालिकामा बृहत पातिखोला महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०७८ आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिले पातिखोला –गुप्तकालिका) गुफाको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउन महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समिति संयोजक डम्बरसिंह गुरुङले जानकारी दिनुभयो ।राष्ट्रिय युवा संघ कास्की जिल्ला अध्यक्ष  पान बहादुर छेत्री ले बिश्व पाटि लाई  जानकारी दिनुभयो ।

आउदो चैत २५ देखि २७ गतेसम्म पातिखोला महोत्सव आयोजना गर्ने तयारी भैरहेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो ।पातिखोला र वरिपरिका गाउँमा उत्पादन हुने ग्रामीणस्तरका हस्तकलाका सामग्री, माछापुच्छे, गाउँपालिकाको लागि अति आवश्यक फलामका सामग्रीहरु तथा खाद्य सामग्रीको प्रचार प्रसार गर्ने अपेक्षा सहित महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ ।

पोखरा महानगपालिकाको टुँडिखेलबाट १२ किलोमिटर उत्तर पश्चिमतर्फ करिब आधा घण्टाको यात्रामा पुग्न सकिने माछापुच्छे गाउँपालिका वडा नम्वर ४ र ५ को सिमानामा अवस्थित रहेको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको माछापुच्छे हिमालको काखमा रहेको सुन्दर पर्यटकीय, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पातिखोला गुफा पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ अध्यक्ष गुरुङले भन्नुभयो, ‘यसको प्रचार प्रसार गर्नसके यो पर्यटकीय गन्तब्य बन्न सक्छ ।’

समुद्री सतहबाट ११ सयको मिटरको उचाईमा रहेको मर्दीखोलास्थित पातिखोला(गुप्तकालिका) गुफा एक अलौकिक तथा परिचित गुफा भएको दावी आयोजकको रहेको छ । गुफा परिसरमा परम्परागत रुपमा वर्षको तीन पटक कृषि, ब्यापारी विभिन्न परिकारका मिष्ठान्न भोजन सहितको महोत्सव आयोजना हुदै आएको भएपनि पछिल्लो समय स्थानीय बासिन्दाहरु गाउँ छोडी सहरतर्फ आकर्षित भएकाले महोत्वसले निरन्तरता पाउन नसकेका कारण ओझेलमा परेको महोत्सवका प्रतियोगिता संयोजक यामबहादुर गुरुङ बताउनुभयो ।महोत्सवको आकर्षणको रुपमा पालिका स्तरीय भलिबल, खुल्ला छेलो, खुल्ला रस्साकस्सी तथा नेपालकै ख्याति प्राप्त इन्द्रेणी कार्यक्रमको टिम सहित राष्टिय लोक तथा दोहोरी कलाकारहरुको प्रस्तुतीसंगै सास्कृतिक कार्यक्रमहरु रहने संयोजक याम गुरुङले जानकारी दिनुभयो ।

२०७८ फाल्गुन २५, बुधबार प्रकाशित 0 Minutes 281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार