२०८१ बैशाख १४ शुक्रबार

प्रवासी नेपाली मंच जापान, ओकिनावा क्षेत्रको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा खत्री ।

प्रवासी नेपाली मंच क्षेत्रीय कमिटि ओकिनावाको प्रथम अधिबेशन आज सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा पूर्वी एसिया ईन्चार्ज कमरेड भक्त गुरुङले सम्मेलनको उदघाटन गर्नुभयो । अधिबेशनलाई जुम मार्फत प्रमुख अतिथि कमरेड भक्त गुरुङ र बिशेष अतिथि पूर्वी एसिया कमिटि अध्यक्ष कमरेड सरोज कंडेल ले संबोधन गर्नुभयो ।

अधिबेशनमा प्रत्यक्ष उपस्थित भई बिशेष अतिथि प्रवासी नेपाली मंच राष्ट्रिय कमिटि अध्यक्ष कमरेड सुरेश केसी , अतिथि हरु संगठन बिभाग प्रमुख कमरेड कुलचन्द्र खरेल , पूर्वी एसिया कमिटि सदस्य कमरेड स्वतन्त्र पौडेल एनआरएनए ओकिनावा अध्यक्ष ज्ञानु भट्ट नेपाली जनप्रगतिशिल मंच ओकिनावा मंचका सचिव बिश्वनाथ यादव ओकिनावाका अग्रज व्यक्तित्व प्रितम पुन गर्बुजा लगाएत बिभिन्न संघ सस्थाका प्रतिनीधि हरुले अधिबेशन सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रम आयोजक कमिटि संयोजक कमरेड मिलन खत्री र संचालन कमरेड नविन बस्नेत र स्वागत कमरेड राजकुमार जोसीले गर्नु भएको थियो ।


अधिबेशनले २५ सदस्सिय कमिटि निर्माण गरेको छ जसमा १९ सदस्य हलबाट र ६ जना कमिटिको पहिलो बैठकले मनोनित गर्ने छ ।

अधिबेशनबाट निर्वाचित कमिटि निम्नानुसार रहेको छ ।

१. मिलन खत्री – अध्यक्ष
२. सुभास थापा – उपाध्यक्ष
३. राजकुमार जोशी -सचिब
४. दिपेश पौडेल – उपसचिब
५. नबिन बस्नेत – उपसचिब

सदस्य हरु क्रमशः
६. प्रकाश गुरुङ
७. बसन्त भण्डारी
८.अनिश चौधरी
९. शुशिल अधिकारी
१०. मिलन अधिकारी
११. रुजन पोखरेल
१२. महेश खरेल
१३. शर्मिला ज्ञवाली
१४. अस्मिता गिरी
१५. भीम डिसी
१६. बिनोद श्रेष्ठ
१७. उमेश रायमाझी
१८. बिनिसा बॅानिया
१९. दिनेश चौधरी

रहेको कुरा प्रवासी नेपाली मंच जापानका प्रचार बिभाग प्रमुख प्रकाश ढकालले बिश्वपाटीलाई बताए साथै उनले नवगठित टीमलाई बधाई सहित शुभकामना व्यक्त समेत गरेका थिए ।

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार