काठमाडौँ फागुन २६
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट स्थानीय तहमा उम्मेदवार बन्नेहरूले स्थानीय मन्दिरमा कसम खानुपर्ने बताएका छन् ।
मोरङको सुन्दर हरैंचामा आज आयोजित पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा बोल्दै लिङ्देनले सुशासनका लागि, जनताप्रति उत्तरदायी बन्नका लागि र देशहितमा काम गर्नका लागि उम्मेदवारले अनिवार्य रूपमा कसम खानुपर्ने बताएका हुन् ।
‘राप्रपाको टिकट लिन आउनुभन्दा अगाडि आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि ठाउँको मन्दिरमा गएर कसम खाएर आउनु पर्नेछ,’ लिङ्देनले भने ।
कार्यक्रममा बोल्दै राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई पार्टीले कहिल्यै पनि टिकट नदिने घोषणा गरे ।