२०८१ बैशाख ८ शनिबार

बर्तमान राजनीति !! कविता

कालो काङ्ग्रेसले हिजो बेच्यो उद्योग धन्दा।
आँखा देख्ने कम्युनिष्ट हरु बनिदिए अन्धा।
क्रान्तिकारी कम्युनिष्ट आज अझै बेच्छु भन्छन।
कुनकुन उद्योग बाकी छन औंला भाची गन्छन।
माओबादी पक्का अब खाओबादी भा छ।
कालो धन लाई सेतो पार्न निकै बुद्धि ला छ।
बैंक लुटेका पैसा आज डलर बनि आउँदा।
नेपालको नियम कानुन राष्ट्रबैंकले लाउंदा।
छोड्देउ एक चोटिलाइ भन्छन प्रभाकर।
छैन यीनलाई लाज शरम कानुनको डर।
थुक्क पाजी राष्ट्र घाती आत्म पोल्दैन कि।
एक्लै हुंदा आफ्नो मन आंफै बोल्दैन कि।
जिउ भरी किरा पर्छ अपुताली नि पर्छ।
हेर्दै जाउ देखौंलानि समयले अझै के गर्छ।

२०७९ बैशाख ४, आईतवार प्रकाशित 0 Minutes 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार