२०८१ बैशाख ८ शनिबार

कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गराएरै छाड्छौँः अध्यक्ष केपी शर्मा ओली !!

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देशलाई राम्रोसँग चिनेकोले नै सरकारको नेतृत्वमा रहँदा नेपालको वास्तविक नयाँ नक्सा छापेको र ती भूभागलाई फिर्ता गराएरै छाड्ने बताउनुभएको छ ।

उहाँले सरकारको नेतृत्वमा रहँदा संविधानको अनुसूचिमा राख्न संसद्बाट पारित गराएकाले नेपालको भूमि फिर्ता गर्नका लागि भारत सरकारलाई आफूले पत्र लेखेको र फिर्ता गरााएरै छाडिने बताउनुभयो ।

आफू प्रधानमन्त्री भएका बेला नेपाल विकास निर्माणमा हरेक दिन एक कदम अगाडि बढेको उहाँको भनाई रहेको थियो । उहाँले युवालाई भ्रममा नपरेर सही बाटोमा लागेर राष्ट्र निर्माणमा लाग्न आव्हान गर्नुभयो ।

उहाँले नेपाल विकसित नहुने कुनै कारण नरहेको जनाउँदै ब्रेन पावरमा नेपाल पूर्खाको पालादेखि नै अग्रणी रहेको बताउँदै विद्युत्को प्रयोग बढाएर मुलुकलाई अर्थतन्त्रमा स्वावलम्बी बनाउन आवश्यक रहको बताउनुभयो ।

उहाँले अझै नेपालका सडक बालबालिका रहेको त्यस्तो हुन नसक्ने बताउँदै एमालेले सरकारमा रहँदा कोही बालबालिका अभिभाकबिहीन भएर सडकमा बस्नु नपर्ने जनाउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “मैले मुलुकको नेतृत्व गर्दा नेपाली जनता र युवामा नयाँ अनुभूति पाएको थिएँ । चीनसँग पारवहन सम्झौता गरिसकेको छांै । हामी सानो देश बेरिएका छौँ । दुवै देशबाट नाका खुलाएका छौं । हामीले नेपालको विकासमा फरक ढंगले लैजान सक्नेछौँ ।”

अब देशको तीव्र विकास संख्यात्मक नभई गुणात्मक तरिकाले गर्नुपर्ने उहाँको थियो । अध्यक्ष ओलीले शिक्षा प्रणालीमा केही समस्या रहेको र जिवनोपयोगी प्राविधिक शिक्षातर्फ जोड दिनुपर्ने बताउनुभयो ।

२०७९ बैशाख ७, बुधबार प्रकाशित 0 Minutes 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार