२०८३ असार १५ सोमबार

मेयरमा उम्मेदवारी दिन हेलिकप्टर चढेर पुगे धर्मराज, विरोधपछि देउवाले खोसे टिकट

काठमाडौं । नेपाली कांग्रेसले खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मेयर उम्मेदवार हुन टिकट पाएका धर्मराज पोखरेलको टिकट खोसेको छ।
प्रदेश नम्बर १ पार्टी संसदीय समितिका सभापति उद्धव थापाले पोखरेललाई मेयरको टिकट दिए पनि विवाद भएपछि उनको टिकट केन्द्रीय सभापति शेरबहादुर देउवाले खोसेर अर्कै उम्मेदवार बनाएका छन्।
मेयरको टिकट पाएपछि पोखरेल हेलिकप्टर लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए। तर उनलाई असन्तुष्ट कांग्रेस कार्यकर्ताले नै कुटपिट गरेका थिए। प्रहरी र मानव अधिकारकर्मीले उनलाई पार्टी कार्यालय र मुख्य निर्वाचन अधिकृत कार्यालय पुर्‍याएका थिए।
उनले मेयर पदमा उम्मेदवारी दिए पनि उनको टिकट कांग्रेस केन्द्रले खोसेको छ। सभापति शेरबहादुर देउवाले दिक्तेल रूपाकोट मझुवागढीको मेयर उम्मेदवार तीर्थराज भट्टराई भएको पत्र निर्वाचन अधिकृत कार्यालयमा पठाएका थिए।
भट्टराईले मेयरमा सोमबार नै उम्मेदवारी दर्ता गरिसकेका छन्।

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 0 Minutes 576 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।