२०८१ बैशाख १३ बिहीबार

राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका कमिटीको रक्तदान कार्यक्रम सम्पन्न!!

राष्ट्रिय युवा संघ नेपाल अन्नपूर्ण गाउँपालिका कमिटीले मिति २०७९।०२।१३ गतेका आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा ४२ युनिट रगत संकलन भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता युवा संघ पालिकाका अध्यक्ष शिवहरि सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर के.सी. हुनुहुन्थ्यो । उक्त रक्तदान कार्यक्रमको संयोजकत्व युवा संघ जिल्ला कमिटी सचिव नमराज के.सी. ले गर्नुभएको थियो ।

कास्की जिल्लामा रगत अभाव भएको भनि रक्त संचार केन्द्र पोखराको आग्रहलाई मध्येनजर गर्दै युवा संघ कास्कीले तत्कालै पोखरा–१५ मा ७३ युनिट र आज अन्नपूर्णमा ४२ युनिट रगत संकलन गरेको हो । युवा संघ कास्कीले भोली देखि रक्त संचार केन्द्रको पोखराको सल्लाह बमोजिम मिति तय गरि माछापुच्छे« गाउँपालिका कमिटी, रुपा गाउँपालिका कमिटी, पोखरा वडा नं. १, २, ५, ६ वडा कमिटी तथा पोखरा महानगरका अन्य वडा कमिटीहरुमा समेत रगत संकलन गर्ने कुरा युवा संघका जिल्ला कमिटी सचिव नमराज के.सी.ले जानकारी दिनुभयो ।

आजको कार्यक्रममा पहिलो रक्तदातालाई ब्लड ब्याग युवा संघ कास्कीका जिल्ला अध्यक्ष पान बहादुर जि.सी. ले हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख अतिथिले रक्तदाताहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा युवा संघ केन्द्रिय उपाध्यक्ष, नेकपा एमाले कास्कीका अध्यक्ष, उपाध्यक्ष, गण्डकी प्रदेश समितिका कार्यालय सचिव, नेकपा एमाले नेता दामोदर बैरागी तथा जिल्लाका अन्य नेता तथा युवाहरुको उपस्थिति थियो ।

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 0 Minutes 613 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार