२०८१ बैशाख १४ शुक्रबार

सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा।

सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा।

काठमाडौं । कुनैपनि कम्पनीको दायित्व हस्तान्तरण गर्ने उदेश्यले पुँजीलाइ बिभिन्न एकाइमा विभाजन गरि सर्वसाधारणलाई प्रक्रियागत रुपमा बिक्रि गरिन्छ । दायित्व हस्तान्तरण गर्नका लागि बिभाजन गरिएको उक्त पुँजीको प्रतिएकाइ मूल्यलाइ सेयर भनिन्छ । हरेक कम्पनीले पुँजी संकलनको लागि बजारमा सेयर जारी गर्ने गर्दछ । उक्त सेयर खरिद गरि कम्पनीको सेयरको हिस्सेदार बन्ने व्यक्तिलाइ सेयरधनी भन्ने गरिन्छ । सेयर बजारमा कम्पनी र सेयरधनी बिचको सम्झौता रहेको हुन्छ । सेयर खरिद पश्चात् कुनैपनि मानिस कम्पनीको मालिक हुने गर्दछ । साथै कम्पनीको नाफा घाटा दुवैका भागिदार भने सेयरधनी रहेका हुन।

सेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा

काठमाडौं । कुनैपनि कम्पनीको दायित्व हस्तान्तरण गर्ने उदेश्यले पुँजीलाइ बिभिन्न एकाइमा विभाजन गरि सर्वसाधारणलाई प्रक्रियागत रुपमा बिक्रि गरिन्छ । दायित्व हस्तान्तरण गर्नका लागि बिभाजन गरिएको उक्त पुँजीको प्रतिएकाइ मूल्यलाइ सेयर भनिन्छ । हरेक कम्पनीले पुँजी संकलनको लागि बजारमा सेयर जारी गर्ने गर्दछ । उक्त सेयर खरिद गरि कम्पनीको सेयरको हिस्सेदार बन्ने व्यक्तिलाइ सेयरधनी भन्ने गरिन्छ । सेयर बजारमा कम्पनी र सेयरधनी बिचको सम्झौता रहेको हुन्छ । सेयर खरिद पश्चात् कुनैपनि मानिस कम्पनीको मालिक हुने गर्दछ । साथै कम्पनीको नाफा घाटा दुवैका भागिदार भने सेयरधनी रहेका हुन्छन् ।

विं स. १९९५ मा विराटनगर जुट मिल्स तथा नेपाल बैंक लिमिटेडले सर्वसाधारणको लागि सेयर जारी गरेसँगै नेपालमा सेयर कारोवारको औपचारिक शुरुवात भएको हो । साथै पछिल्लो समय मानिसहरु आफुले कमाएको मोटो रकम सेयरमा लगानी गर्ने गरेको पाइन्छ । सेयर कारोबारबाट सडकबाट महलमा पुगेका उदाहरण बजारमा प्रशस्त पाइन्छ । साथसाथै सेयरकै कारण महलबाट सडकमा ओर्लिनु परेको उदाहरण पनि बजारमा प्रशस्त मात्रामा पाइन्छ । धेरै जसो मानिसहरु अरुको लहै लहैमा लागेर सेयरमा लगानी गर्दा घाटामा परिने विज्ञहरु बताउँछन् । सेयर कारोबार नेपाली उखान जाने व्यापार नजाने अपार भने जस्तै हो ।

सेयर बजारमा धेरै त्यस्ता मानिसहरु हुन्छन् जस्ले सेयर बजार घट्दा अझै घट्छ भन्दै बेच्नलाइ अरुलाई प्रोत्साहित गर्ने तथा बढ्दा अझै बढ्छ भन्दै खरिद गर्नका लागि उक्साउनेहरु प्रशस्त भेटिन्छन् । तर कारोबार राम्रो भएको र नराम्रो भएको दुबै अवस्थालाई सन्तुलनमा राखेर अघि बढेमा मात्र सेयर बजार तपाँइका लागि फाइदाजनक बन्न पुग्दछ । त्यसका लागि सेयर बजार सम्बन्धी धेरै कुराहरुको बारेमा ध्यान दिनुपर्दछ ।

सेयर कारोबार गर्दा ध्यान दिनुहोस् यी ५ कुरा:

वित्तीय स्थिति बारे जानकारी राख्नुहोस्

धेरै मानिसहरुले अरुले भनेको भरमा सेयर खरिद गर्ने गरेको पाइन्छ । तर आफुले कुन संस्थाको सेयर खरिद गर्न लागेको हो त्यसको बारेमा राम्रो जानकारी राखेर मात्र सेयर खरिद गर्नुपर्दछ । लगानीकर्ताले कुन कम्पनीको सेयर खरिद गर्न लागेको हो त्यसको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, जगेडा कोष तथा अन्य बारेमा जानकारी राख्नुपर्दछ ।

एकैपटक धेरै कम्पनीको सेयर खरिद गर्नुहुँदैन

एकै पटक धेरै कम्पनीको सेयरको हिस्सेदार हुँदा तपाईको लगानी पनि धेरै हने गर्दछ । एकातिर आम्दानीको ठुलो हिस्सा सेयरमा लगानी गरेपछि हर समय त्यहि कुराले पिरोल्छ । भने अर्काेतर्फ कुन कम्पनीको सेयर कारोबार के भइरहेको छ तपाईले ध्यान दिन सक्नुहुन्न । सेयर कारोबारीहरु बजारमा दैनिक डुलेर आफुले लगानी गरेको कम्पनीको सेयरको पोर्टफोलियो अध्ययन गर्ने गर्दछन् । तर धेरै ठाँउमा एकैपटक लगानी गर्नाले उचित ध्यान दिन सकिदैँन । मानिसहरुमा धेरै वटा कम्पनीको सेयर खरिद गरेमा धेरै नाफा कमाउन सकिन्छ भन्ने भ्रम रहेको छ । तर एकै ठाँउबाट पनि धेरै नाफा कमाउन सकिन्छ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ ।

सेयर खरिद बिक्रिको अन्तराल कम गर्नुहोस्

आफुले खरिद गरेको सेयर लामो समयसम्म होल्ड गरेर बस्नु हुँदैन । सेयर खरिद बिक्रिको अन्तराललाइ कम गरियो भने नाफा कमाउन सकिन्छ । यदि लामो समयसम्म पनि खरिद गरिएको सेयर बिक्रि गरिएन भने निकट भविष्यमा ठुलो परिणममा घटिदिन सक्छ । साथै सेयर बढ्यो भन्दैमा झन धेरै बढ्छ भन्ने आशमा होल्ड गरेर बस्नु हुँदैन् । ह्वात्तै एकैपटक घटेर घाटा पर्न सक्छ । त्यसैले खरिद बिक्रिको अन्तरलाइ कम गर्नुहोस् ।

सस्तो मूल्यको सेयर खरिद गर्नु हुँदैन

सेयर बजारमा होस वा अन्य बजारमा मानिसहरु सस्तो पाएमा धेरै बस्तु तथा सेवाहरु खरिद गर्ने गर्दछन् । तर सेयर बजारमा त्यसो गर्नु उचित मानिदैन । किनकी सस्तो भन्दा मध्यम खालका साथै चलायमान किसिमका कम्पनीका सेयरहरु खरिद गर्दा नाफा हुने गर्दछ ।

भावी योजना तय गरेर लगानी गर्नुहोस्

लगानीकर्ताहरु सधैँ ‘नो रिक्स नो गेन मोर रिक्स मोर गेन’ भन्ने कुरामा निस्चिन्त रहनुपर्दछ । यदि सानो नाफाबाट मात्तिने तथा सानो घाटाबाट आत्तिने मानिसले कहिल्यै व्यवसायमा सफल हुन सक्दैनन् । सेयर बजारमा लगानी गर्ने मानिसहरुमा केही मात्रामा डर हुनुपर्दछ भने केही लोभ पनि राख्नुपर्दछ । सेयर बजारमा लगानी गरिसकेपछि निरन्तर फलोअप भने गरिरहनुपर्दछ । आफुले लगानी गरेको कम्पनीको विगतलाई पनि नियाल्नुपर्दछ । सेयर खरिद बिक्रिको समयअन्तराल कम गर्ने नाउमा धेरै अस्थिर हुनु हुँदैन् । विगतको अवस्था हेरेर पनि कहिलेकाही होल्ड गर्नुपर्दछ ।

२०७९ जेष्ठ १९, बिहीबार प्रकाशित 0 Minutes 497 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार