२०८१ बैशाख ११ मंगलवार

नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय द्वारा प्राथमिक उपचार एवंम सिपिआर तालिम सम्पन्न !!

बुधबार ०८ असार २०७९, पोखरा

ने.वि.संघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायले प्राथमिक उपचार र सिपिआर तालिम सञ्चालन गरेको छ। भवितव्यं घटनाको त पुर्वानुमान गर्न सकिँदैन तर दुर्घटना पुर्वको पुर्वतयारी, संयमता र ज्ञानले दुघटना पश्चात्को थप क्षती र जोखिम कम गर्न उदेश्यको साथ ग्रामीण क्षेत्र बाट आउनुहुने आम बिद्यार्थीहरुमा ज्ञान दिन उक्त कार्यक्रम आयोजना गरिएको थियो।

पृथ्वीनारायण क्याम्पस स्थित ह्वाईटहाउस बिल्डिङ्गमा सञ्चालित उक्त कार्यक्रम एक सय सत्र जना बिद्यार्थीको उल्लासमय सहभागितामा सम्पन्न भएको थियो।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष एवंम समाजसेवी व्यक्तित्व सुर्य प्रसाद ढकालको प्रमुख अतिथ्यता र बिशिस्ट अतिथीमा प्राथमिक उपचार बिशिस्ट प्रशिक्षक एवंम होमस्टे अनुगमन तथा सुपरिवेक्षण आयोग केन्द्रिय सचिव सामाजसेवि व्यक्तित्व हरिलाल पौडेल संगै नेविसंघ पृथ्वीनारायण क्याम्पस मुल इकाई सभापति गौरव बराल, नेविसंघ पृथ्वीनारायण क्याम्पस कानुन समन्वय समिती निवर्तमान अध्यक्ष स्वरुप बन्झाडे हुनुभएको सो कार्यक्रमको सभापतित्व नेविसंघ पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकाय सभापति बिवेक पराजुलिले गर्नुभएको थियो।

कार्यक्रमलाई पहिलो खण्डमा प्रशिक्षण कार्यक्रम र दोस्रो उपस्तिथि बिद्यार्थीको जिज्ञासा सहितको अन्तरक्रियात्मक गरि दुई खण्ड बाट सञ्चालन गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथी ढकालले प्राथमिकता उपचारको महत्व बताउदै बिश्वपरिवेशमा नै प्राथमिक उपचारलाई महत्त्वमा राखेर तालिम सञ्चालन गरिरहेको परिवेशमा नेविसंघले यो अभियान क्याम्पस स्तरमा सञ्चालन गरेकोमा आभार व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा प्राथमिक उपचार के हो ? यसको आवस्यकता किन छ ? महत्व कति छ ? मनसुनको समयमा हुने क्षती सर्पले टोकाई, करेन्ट लाग्ने, रक्तस्राव कसरी रोक्ने, पानीमा डुब्दा कसरी उद्दार गर्न ?, सिपिआर के हो ? यसको महत्व के छ ? बयस्क र बालकलाई सिपिआर कसरी दिने आदि जस्ता साधारण तर अत्यावश्यक विषयको प्रशिक्षण भएको थियो।

अमेरिकन हार्ट एसोसिएसनका अनुसार हाल विश्वमा मुटु रोगले सबैभन्दा बढी मान्छे मर्ने गरेका छन्। कार्यक्रममा कार्डियोपल्मोनरी रिससिटेसन (सिपिआर) काम गर्न छोडेको मुटुलाई जगाउने तरिकाको तालिम डमि सहितको परिक्षण गराएर गरिएको थियो।

बिशिस्ट अतिथी प्रशिक्षक पौडेलले सिपिआरको प्रयोगात्मक प्रशिक्षण दिदै सिपीआर दिँदा हातले छातीमाथि सकेको बल लगाएर थिच्नुको अर्थ मुटुले गर्ने काम तपाइँ–हाम्रो हातले गर्दा त्यो थिचाइबाट नै मुटु र मस्तिष्कले अक्सिजन भएको रक्तसञ्चार पाउँछ र बिरामीलाई मर्नबाट बचाउन सकिने बताउनु भयो।

नेविसंघ पृथ्वीनारायण क्याम्पसका नेता एवंम नेपाली काङ्ग्रेस शिद्दिचरण नगरपालिकाका सहसचिव राजेन्द्र पराजुलीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम नेविसंघ पि.एन.क्याम्पस व्यवस्थापन संकाय उपसभापति अजित क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो।

नेविसंघ पृथ्वीनारायण क्याम्पसका सभापति एवंम कार्यक्रमका विशेष अतिथी गौरब बरालले प्राथमिक उपचार र सिपिआर तालिम तालिमको रुपमा मात्र नभैइ भौगोलिक विविधता युक्त हाम्रो देशमा अझ ग्रामीण क्षेत्र बाट आउनुहुने आम बिद्यार्थीहरुमा मनसुनको समयमा घट्ने घटनाले निम्ताउने क्षतिलाई कम गर्न पुर्वतयारी पनि यो कार्यक्रमले प्रदान गरेको बताउदै सहभागी बिद्यार्थी, अतिथी एवंम आयोजक समितिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अतिथिको रुपमा नेविसंघ पृथ्वीनारायण क्याम्पस सचिव राज आचार्य, नेविसंघ जनप्रीय बहुमुखी क्याम्पस सचिव आदित्य देवकोटा, इकाई कोषाध्यक्ष सुजि मगर, इकाई सहसचिव प्रभाव शर्मा, भावना पौडेल, नेविसंघ पर्वत पृथ्वीनारायण क्याम्पस सम्पर्क समिति सभापति बिधान अधिकारी, नेविसंघ कास्की क्षेत्र नं ३ ख सभापति सुजन पराजुली, बिद्यार्थी नेता द्वय संस्कार कोइराला, अजित क्षेत्री, विशाल रेग्मी, प्रतिभा अधिकारी, बिवेक भट्टराई, प्रयास कोइराला, नरेस पाठक, सागर सुवेदी, बिवेक सुवेदी रिसिकेश चालिसे हुनुभएको थियो।

“नेविसंघ अरुमा प्रयोग गरेर रुपान्तरणको पक्षमा होइन आफुमा प्रयोग गरेर परिवर्तनको उद्घोष गर्दछ कसैको प्रतिस्पर्धी र प्रतिशोधी नभै स्थापित परिचयलाई थप परिस्कृत र परिणाममुखी बनाउने अभियान अन्तर्गत प्राथमिकता उपचार र सिपिआर तालिम आयोजना गरिएको हो। साधारण ज्ञानले असाधारण क्षती बाट वच्ने जीवन रक्षा कवज साबित हुन सक्छ। यो तालिमको सिपले सहभागी साथिहरुमा जीवन उपयोगी र प्रयोगशिल हुने विश्वास लिएको छु।” कार्यक्रमका सभापति विवेक पराजुली बताए।

कार्यक्रम एकदमै प्रोडक्टिभ र इफेक्टिभ भएको छ। प्राथमिक उपचारको परिचय, महत्व र दुर्घटना पश्चातको क्षती कम गर्न बेहोसमा रहेको मानिसलाई देख्दा अतालिएर बस्नु पर्न बाध्य हुनेथियो भने सिपिआर प्रयोगात्मक परिक्षण बाट प्राथमिक उपचारको सीपको प्रयोग गरर्न छौं।” कार्यक्रममा सहभागी बिद्यार्थीले बताएका छ्न।

२०७९ असार ८, बुधबार प्रकाशित 0 Minutes 526 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार