२०८१ बैशाख ८ शनिबार

सबैभन्दा लामो उडानको नयाँ रेकर्ड – मानवरहित विमानः||

Narayan Sunuwar

एउटा विमान निर्माण कम्पनी एअर बसले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम गरेको उडान अनुगमन विवरणहरूले देखाएका छन्।

सौर्य ऊर्जाबाट सञ्चालन हुने एअर बसको ‘जेफर एस’ नामको मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै सन् २०१८ को रेकर्ड भङ्ग गरेको हो।

व्यावसायिक विमानहरूलाई अवरोध नपुर्याउन र प्रतिकूल मौसमबाट जोगिन मानवरहित यो विमानले वायुमण्डलको उच्च भागमा उडान गरेको थियो।

रातभर हावामा तैरिनका लागि आवश्यक उर्जाका निम्ति यो विमानमा ब्याटरीको प्रयोग गरिएको छ। जसकारण यसलाई इन्धन भर्न रोकिइराख्नु पर्दैन।

उडान सम्बन्धी विवरणहरूमा यो विमान अमेरिकाको एरिजोनास्थित परीक्षण क्षेत्रबाट मध्य अमेरिकाको बेलिजसम्म पुगेको र पुनः फर्किएको देखिन्छ।

बीबीसीले राखेको जिज्ञासामा एअर बसले उडानबारे कुनै प्रतिक्रिया नदिने जवाफ दिएको छ।

के फाइभजी मोबाइल सेवाले हवाई उडानलाई असुरक्षित बनाउँछ?
लाम्खुट्टेले टोकेपछि प्रशिक्षार्थी विमानचालकको ‘मृत्यु’
‘ब्रह्माण्डको सुरुवाततिरको स्पष्ट दृश्य देखिने तस्बिर’
अमेरिकी सेनाको एउटा इकाई ‘आर्मी फ्युचर्स कमान्ड’ले ‘द ड्राइभ’सँग कुरा गर्दै पछिल्लो उडान “विमानको ऊर्जा सञ्चय क्षमता, ब्याटरीको टिकाउपना, सौर्य पाताको प्रभावकारिता र स्टेसन कायम गर्ने क्षमता परीक्षणका लागि” गरिएको जनाएको छ।

एरोस्पेस म्यागेजिनका प्रधान सम्पादक टिम रोबिन्सनले बीबीसीसँग कुरा गर्दै विमानले पार गरेको दुरी एउटा महत्त्वपूर्ण कोसे ढुङ्गा भएको बताएका छन्।

२०७९ असार २९, बुधबार प्रकाशित 1 Minute 281 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार