२०८१ बैशाख ७ शुक्रबार

पुष्पलालको स्मृतिमा फलफुल र स्वास्थ्य शिविर लिएर राष्ट्रिय युवा संघ कास्की बृधाश्रममा।

नेकपाका संस्थापक महासचिव. पुष्पलाल श्रेष्ठको स्मृती दिवसको अवसरमा राष्ट्रिय युवा संध (नेपाल) जिल्ला कमिटी कास्कीले पोखरा १७ मा पोखरा वृद्धाश्रममा वृहत स्वास्थ्य शिविर तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको अध्यक्ष्य राष्ट्रिय युवा संध जिल्ला अध्यक्ष पान वहादुर जिसीले गर्नु भएको थियो भन्ने कार्यक्रम को प्रमुख अतिथि ने.क.पा. एमाले जिल्ला अध्यक्ष मन वहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी, वार्ड १७ अध्यक्ष राधिका शाही योगी युवा संघका केन्द्रीय सदस्य दिल्लीराम सुवेदी विशाल जंग राना ,राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सह सचिब सरस्वती पुरी , जिल्ला कमिटीका सहस्य ज्यु हरुको बाक्लो उपस्तिथि रहेको थियो ।
?
सो कार्यक्रममा प्राविधिक सहयोग-चातु मेमोसिलका वरिष्ठ फिजिसियन डा. सरोज प्रेखेल तथा उहाँको टिम, पद्म नर्सिङ होम को सिनियर नर्स लक्ष्मी देवकोटा ,चरक मेमोरियल पद्मम नर्सिङ मिलसु पुरी ,नर्स सरस्वती पुरी लगाएतले स्वास्थ्य सेवा सन्चालन गर्नु भएको थियो। उक्त कार्यक्रमको सञ्चालन जिल्ला सचिव नमराज के. सि. ले गर्नुभएको थियो।
?
संचालक समितिको अध्यक्ष केशव कुसुम पराजुलि बर्ष यता मेडिकल टीम आउने क्रम कम भएकोले राष्ट्रिय युवा संघ कास्कीले गरेको सहयोगको प्रसंसा गर्दै यस्ता कार्यक्रम निरन्तर गर्न आग्रह गर्नु भयो सधै पुस्पलाल स्मृतिमा रक्तदान गर्दै आएको राष्ट्रिय युवा संघले अघिल्ला महिना रगत अभाव भए पछि रक्तसञ्चार केन्द्र पोखराको आग्रहमा मातहतको कमिटीबाट रक्तदान गराइ रगत अभाव पुर्ती गरेकाले अहिले यस्तो कार्यक्रम गरेको संघ अध्यक्ष पान बहादुर जि सीले जानकारी दिए ।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 917 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार