२०८१ बैशाख १४ शुक्रबार

दक्षिण अफ्रिका ध्वस्त भएको खेलमा इंग्ल्याण्डको सहज जित!!

2:52 AM

हाम्रो समाचार

थप समाचार

दक्षिण अफ्रिका ध्वस्त भएको खेलमा इंग्ल्याण्डको सहज जित

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसिय खेलमा इंग्ल्याण्डले एक सय १८ रनको सानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले सिरिजमा एक एकको बराबरी गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले २८ ओभर एक बलमा अलआउट हुँदै दुई सय एक रन बनाएको थियो । उसका लागि लियान लिभिस्टोनले सर्वाधिक ३८ रन बनाए भने साम कुरानले ३५ रनको योगदान गरे । यस्तै जोनी ब्रेस्टोले २८ रनको योगदान गरे ।

इंग्ल्याण्डका लागि डेविड वेलीले २१ रन बनाउँदा कप्तान जोस बट्लरले १९ रनको योगदान गरे । बलिङमा दक्षिण अफ्रिकाका लागि ड्वायन प्रिस्टोले चार तथा एनरिच नट्जी र टाबरेज साम्सले दुई दुई विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिका २० ओभर चार बलमा मात्र ८३ रनमा अलआउट भयो । एकदिवसिय क्रिकेटमा दक्षिण अफ्रिकाको यो तेस्रो न्युन स्कोर हो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

मात्र ६ रन हुँदा चार विकेट गुमाएको दक्षिण अफ्रिकाको पारी पुरै ध्वस्त भयो । उसको पारीलाई कमजोर पार्न आदिल रसिदले तीन तथा रिची टोप्ले र मोनय अलीले दुई दुई विकेट लिए ।

२०७९ श्रावण ६, शुक्रबार प्रकाशित 1 Minute 326 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार