२०८० चैत्र १६ शुक्रबार

राष्ट्रिय युवा संघ नेपाल कास्की , रूपाको पालिका अधिवेशन भदौ १८ मा हुने !!!

राष्ट्रिय युवा संघ नेपाल कास्की , रूपाको पालिका अधिवेशन भदौ १८ मा हुने !!!

राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीको सर्कुलर बमोजिम रूपा गाउँपालिकामा वडा अधिवेशन तथा पालिकाको अधिवेशन र संगठन विस्तारको काममा तिव्रता आएको छ।

रूपा गाउँपालिका कमिटीले वडा नं.१ मा बालमणी पौडेलको अध्यक्षतामा र वडा नं. ५ मा रवि गुरुङको अध्यक्षतामा कमिटी गठन गरिसकेको छ।

यही मिती २०७९/०८/१५ गते वडा न ७ को रामकोट , हंसपुर, र वडा नं. ४ को धामि गाउँमा त्यसै गरी भदौ १६ गते वडा नं. ३ को पोल्याङ मा र वाड न २ को थुम्कीमा , भदौ १७ गते वडा नं. ६ को भिरचोकमा सम्पन्न गरी मिति २०७९/०५/१८ मा गाऊँपालिकको अधिवेशन, फाल भन्ज्याङको थापा भवनमा गर्न युवा संघ रूपा संयोजक उपेन्द्र गुरुङले जानकारी दिनुभयो।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको निर्देशन अनुसार कास्कीमा सबै वडा तथा पालिकाको अधिवेशन भदौ २१ भित्र गरि सकेर कार्तिकको १० भित्रमा जिल्लाको अधिवेशन गर्ने गरि विशेष तयारीमा कास्की जिल्ला जुटेको कुरा कास्की जिल्ला सचिव नमराज के.सीले बिश्व पाटिलाई जानकारी दिनुभयो।

२०७९ भाद्र १३, सोमबार प्रकाशित 0 Minutes 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार