२०८० मंसिर २४ आईतवार

नेपालका युवाहरू जति सबै विदेश पलायन हुने क्रम बढ्दो ।

कमल -०५, झापा
२०७९/०५/१४
कुल प्रसाद वगाले

देशभित्र र मुलुकमा जति पनि अति दक्ष , सामान्य दक्ष अनि निम्न दक्ष जनशक्तिहरु छन् ;तिनीहरुको उचित व्यवस्थापन हुन नसकेको कारणले गर्दा यहाँका युवाहरु दिनहुुँ रूपमा विदेश पलायन हुन व्याध्य छन् । जब विद्यार्थीहरुको हातमा शैक्षिक योग्यताको स्नातकोत्तर तहको हुन्छ तबसम्म पनि रोजगारका अवसरहरु सिर्जना हुन सक्दैन फलस्वरूप उनीहरुको घरायसी बाध्यताले च्यापेको हुनाले विरोजगार नै बस्नु भन्दा केही पैसा भए नि कमाउन विदेश जाने गरेको पाइएको छ ।पछिल्लो समयामा +२ सिध्याएर नै IELTS गरेर अस्ट्रेलिया वा जापानीज भाषा सिकेर जापान जाने प्रवृति नै बढेको पाइएको छ ।किन यी देशमा विद्यार्थीहरु औधी रुचि हुन पुग्यो ? यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहान्छु । के यो विदेशीने प्रवृति रोक्न नसकिने नै होर ।नेपालमा नै केही गरौं भन्ने सोच आजको युवावर्गमा हुनु अति नै आवश्यक छ ।

२०७९ भाद्र १४, मंगलवार प्रकाशित 1 Minute 549 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार