२०८३ असार ५ शुक्रबार

काठमाण्डौँ महानगरपालिकालाई अल्फा बिटा कम्पनीले कानुनी उपचारमा जान्छौं भन्दै प्रमाणपत्र सार्वजनिक गर्दै ।

बिहीवार ,२०७९/०५/१६

अल्फा बिटा समूहले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको भुईं तल्ला व्यवसायीक प्रयोजनका लागि काठमाडौं महानगरपालिकालाई थप दस्तुर बुझाएको दाबी गरेको छ।

अल्फा बिटा समूहले एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सहितको टोलीले निरीक्षणका क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

गत ९ भदौमा अल्फा बिटा कम्प्लेक्समा पुगेर महानगरले त्यहाँस्थित संरचनामा रहेको फार्मेसिमा डोजर चलाएको थियो। अल्फा बिटा हाउसका संचालक द्वीराज शर्मा र मेयर शाहबीच चर्काचर्की भएको थियो।

२०७९ भाद्र १६, बिहीबार प्रकाशित 0 Minutes 537 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।